कृष्णसेन ‘इच्छुक’ स्मृति दिवस मनाइने
इन्द्र रिजाल
जेठ १२, २०७६ आइतबार १२:११:५१
काठमाडौं । प्रेस सङ्गठन, नेपालले पत्रकार तथा साहित्यकार शहीद कृष्णसेन ‘इच्छुक’को १७औँ स्मृति दिवस मनाउने निर्णय गरेको छ । सङ्गठनका संयोजक महेश्वर दाहालको अध्यक्षतामा बसेको केन्द्रीय कमिटीको बैठकले भोली सोमबार दिवस मनाउने निर्णय गरेको सङ्गठनका सहसंयोजक गणेश बस्नेतले जानकारी दिए ।
यस्तै बैठकले ७७ वटै जिल्लामा सङ्गठनको आयोजनामा विभिन्न कार्यक्रम गरी स्मृति दिवस मनाउने निर्णय गरेको छ । बैठकले हरेक वर्ष प्रदान गर्दै आएको ‘कृष्णसेन इच्छुक स्मृति पत्रकारिता पुरस्कार’ र ‘शक्ति–तारा स्मृति पत्रकारिता पुरस्कार’ पुरस्कार सिफारिश समिति गठन गरेको सहसंयोजक बस्नेतले बताए ।
पुरस्कार सिफारिश समितिको संयोजकमा बलराम थापा र सदस्यमा सइन्द्र राई, देविका घर्ती मगर, मनोज घर्ती मगर र टेकराज थामीरहेका छन् । काठमाडौँमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रमुख आतिथ्यमा स्मृति दिवस मनाइने भएको छ ।
दिवसलाई भव्य बनाउनका लागि आज सङ्गठनको उपत्यकास्तरीय भेलासमेत भएको थियो । भेलामा संयोजक दाहालले एकीकृत भावनाका साथ देशव्यापी क्रियाशील हुन आह्वान गर्दै मिडिया काउन्सिल विधेयक आवश्यक भएको बताए ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपबालविवाह घटाउन बाँकेका युवा सक्रिय
पुष २४, २०८१ बुधबार
सङ्खुवासभाको मकालु क्षेत्रमा हिमपात, जनजीवन प्रभावित
पुष २४, २०८१ बुधबार
अमेरिकामा 'बर्ड फ्लू'को कारण पहिलो मानवको मृत्यु
पुष २४, २०८१ बुधबार
जुम्लाका सामुदायिक विद्यालयमा विज्ञान प्रयोगशाला
पुष २४, २०८१ बुधबार
पर्साका विपन्न तीन सय जनालाई कम्बल वितरण
पुष २४, २०८१ बुधबार
धनुर्मास पूजापछि खुल्यो पशुपतिनाथ मन्दिर, गरियो आरती
पुष २४, २०८१ बुधबार
पर्वतबाट बहुमूल्य जडीबुटीको चोरीनिकासी बढ्दो
पुष २४, २०८१ बुधबार