आजदेखि अनलाइनबाटै राफसाफ सेवा सुरु,चेक बोकेर ब्रोकर कार्यालय जाने झन्झटबाट मुक्ति
इन्द्र रिजाल
जेठ १२, २०७६ आइतबार १७:३४:४३
काठमाडौं । के तपाई अनलाइनबाटै शेयर खरिद गर्ने सोचमा हुनुहुन्छ ? तेसो अब चिन्ता लिनु पर्दैन शेयर खरिद गर्दा खाताबाटै राफसाफ हुने सेवा आइतबार आजबाट सुरु भएको छ।
नेपाल स्टक एक्सचेन्ज ‘नेप्से’ को अनलाइन शेयर कारोबार प्रणालीमा आवद्ध यो सुविधा तपाई पनि लिन सक्नु हुनेछ । योसँगै शेयर खरिदपछि लगानीकर्ताले चेक बोकेर ब्रोकर कार्यालय जाने झन्झटबाट मुक्ति पाउने भएका छन् ।
नेपाल क्लियरिङ हाउसको ‘कनेक्ट आइपीएस’ मा हाल आवद्ध ४८ बैंक तथा वित्तीय संस्थाहरुमा खाता भएका लगानीकर्ताले अनलाइनबाटै राफसाफ गर्नसक्ने जनाएको छ ।
यस्तै, आजबाट थप २ वाणिज्य बैंकले कनेक्ट आइपीएसमा सदस्य बन्ने प्रक्रिया सुरु गरेका छन् । यी सबै बैंकमा खाता भएका अनलाइन प्रयोगकर्ताले शेयर खरिद गरे वापतको रकम अनलाइनबाटै भुक्तानी गर्न सक्ने क्लियरिङ हाउसले जानकारी गराएको छ ।
नेपाल क्लियरिङ हाउसका अनुसार हाललाई शेयर खरिद गर्दा मात्र अनलाइनबाट भुक्तानी गर्न सकिने छ । दोस्रो चरणमा सेयर बिक्री बपत प्राप्त रकम पनि खातामै जम्मा हुने व्यवस्था मिलाइनेछ । आगामी दिनमा कटेक्ट आइपीएसमा जोडिने बैंक तथा वित्तीय संस्थाको संख्या पनि बढ्न सक्ने क्लियारिङ हाउसले जनाएको छ ।
खरिदबिक्रीको सीमा कति ?
नेपाल क्लियरिङ हाउसका अनुसार खरिदबिक्री रकमको सीमा नेपाल राष्ट्र बैंकको नियम अनुसार हुनेछ । राष्ट्र बैंकले इन्टरनेट बैंकिङबाट एक खाताबाट अर्को खातामा रकम पठाउँदा एक पटकमा १ लाख र मासिक १० लाख रुपैयाँसम्म मात्र पठाउन पाउने व्यवस्था छ ।
्यस्तै, इन्टरनेटबाट भुक्तानी कारोबार गर्दा दैनिक अधिकतम १ लाख रुपैयाँसम्म मात्रै पाउने व्यवस्था छ । सोही व्यवस्थाभित्र रहेर अनलाइन राफसाफ गर्न सकिने क्लियरिङ हाउसले जनाएको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपयातायातमा नयाँ हाकिम: पुराना कर्मचारी फर्किएपछि नक्कली लाइसेन्स छानबिनको फाइल हरायो
माघ ११, २०८१ शुक्रबार
पूर्व उपराष्ट्रपतिलाई राजनीतिमा फर्काउन माओवादीभित्रै दुई धार, प्रचण्ड मौन !
माघ ११, २०८१ शुक्रबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
वैदेशिक रोजगारीमा रहेकालाई दूतावासको विशेष काउन्टर सेवा
माघ १२, २०८१ शनिबार
लहान नगरपालिकाविरुद्ध किसानहरुको विशाल जनप्रदर्शन, खुटी नहरमा गाडे झन्डा
माघ १२, २०८१ शनिबार
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार