स्थानीय तहसम्म ‘हेलो सरकार’ सञ्चालनको तयारी
इन्द्र रिजाल
जेठ १४, २०७६ मंगलबार १३:११:४१
काठमाडौं । सरकारले ‘हेलो सरकार’लाई स्थानीय तहसम्म सञ्चालन गर्ने तयारी गरेको छ । अहिले सङ्घ र प्रदेश तहमा सञ्चालन भइरहेको ‘हेलो सरकार’लाई सरकारले केन्द्रीय निकाय, जिल्ला समन्वय समिति र स्थानीय तहमा समेत सञ्चालन गर्ने तयारी गरेको हो ।
सरकारले आज सार्वजनिक गरेको आर्थिक सर्वेक्षणमा सबै केन्द्रीय निकाय, ७७ वटै जिल्ला समन्वय समिति र सबै स्थानीय तहमा हेलो सरकार सञ्चालन गर्न पोर्टल तथा युजर आईडी तयार भएको जनाइको छ । तत्कालीन प्रधानमन्त्री डा बाबुराम भट्टराईले जनताका गुनासो सम्बोधन गर्न हेलो सरकार सञ्चालन गर्नुभएको थियो ।
सरकारले सुशासन प्रवद्र्धनका लागि हेलो सरकारमा आएका इमेल, फोन, फेसवुक, ट्वीटरमार्फत सरकारबाट प्रवाह हुने सेवा सम्बन्धमा प्राप्त राय÷सुझाव, गुनासो, उजुरी सम्बन्धित मन्त्रालयबाट यथासक्य चाँडो सम्बोधन हुने गरेको उल्लेख गरिएको छ ।
यसैगरी आर्थिक सर्वेक्षणमा प्रत्येक मन्त्रालयले गरेका काम कारवाहीको प्रगतिको अनुगमन गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अनलाइन सफ्टयेर निर्माण गरी अनलाइनमार्फत अनुगमन गर्ने प्रणालीको शुरुआत भएको उल्लेख गरिएको छ ।
यसैगरी सर्वेक्षणमा सङ्घमा २२ मन्त्रालय, तीन तहका अदालत, १३ संवैधानिक निकाय, ४५ विभाग र विभागस्तरीय निकाय, स्वास्थ्यतर्फ तीन प्रयोगशाला, पाँच केन्द्र, १५ अस्पताल र अन्य १० हजार ९१ वटा कार्यालयसहितको सङ्गठनको संरचना स्वीकृत भएको छ ।
यस्तै सबै प्रदैशमा मुख्यमन्त्री कार्यालयसहित सात मन्त्रालय, एक प्रदेश र सचिवालय, एक मुख्यन्यायाधिवक्ताको कार्यालय, एक प्रदेश लेखा नियन्त्रक कार्यालय, सात निर्देशनालय र सबै प्रदेशमा ६७६ कार्यालय सहितको सङ्गठन संरचना स्वीकृत गरेको छ ।
सबै स्थानीय तहमा कार्यपालिकाको कार्यालयसहित २७ अस्पताल, ३०८ आयुर्वेद औषधालय, २०९ प्राथमिक स्वास्थ्य केन्द्र, तीन हजार ८०९ प्राथमिक स्वास्थ्य चौकी, ७५३ कृषि सेवा केन्द्र र ९९९ पशुसेवा केन्द्र कार्यालय सहितको सङ्गठन संरचना स्वीकृत भई सञ्चालनमा आएका उल्लेख गरिएको छ ।
योजना तथा बजेट, एकीकृत सम्पत्ति कर, न्यायिक समितिको कार्य सञ्चालन, खरीद तथा सार्वजनिक वित्त व्यवस्थापनसम्बन्धी विषयमा स्थानीय तहका ५१ हजार ४६५ पदाधिकारी र कर्मचारीलाई तालीम दिइएको सर्वेक्षणमा उल्लेख गरिएको छ ।
यस्तै तथ्यमा आधारित नीति निर्माण गर्न अध्ययन अनुसन्धान गरी सरकारलाई नीतिगत लगायतका विविध विषयमा सुझाव दिन नीति अनुसन्धान प्रतिष्ठान गठन गरिएको छ ।
प्रदेशका मुख्यमन्त्रीसँग प्रत्यक्ष सम्बाद र राष्ट्रिय गौरवका आयोजनाको सघन अनुगमन गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अत्यधुनिक उपकरण सहितको एक्सन रुमको निर्माण अन्तिम चरणमा पुगेको जनाइएको छ ।
सर्वेक्षणमा ‘म भ्रष्टाचार गर्दिन, म भ्रष्टाचार हुन दिन्न, म देश र जनताका लागि इमान्दार भएर काम गर्ने प्रतिज्ञा गर्दछु’ भन्ने प्रतिबद्धताका साथ शासकीय स्वच्छता अभियान सञ्चालन गरिएको छ ।
सर्वेक्षणमा जनसम्पर्क बढी हुने मालपोत कार्यालय, कम्पनी रजिष्ट्रार कार्यालय र कन्सुलर सेवा विभागजस्ता सरकारी निकायमा सेवा प्रवाहलाई सरल, पारदर्शी र छिटो छरितो बनाउन अनलाइन सेवा प्रणालीमार्फत सेवा प्रवाह गरिएको उल्लेख गरिएको छ ।
यस्तै सामाजिक सुरक्षा भत्ता विवरण प्रणालीलाई व्यवस्थित बनाउन विद्युतीय प्रणालीबाट सामाजिक सुरक्षा भत्ता भुक्तानी रणनीति २०७४ लागू गरिएको सर्वेक्षणमा उल्लेख गरिएको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपछठ घाटलाई दुलहीझैँ सजाइँदै
कात्तिक १९, २०८१ सोमबार
गाई बाच्छा संरक्षणका लागि खेलिएको देउसीभैलोबाट दुई लाख संकलन
कात्तिक १९, २०८१ सोमबार
सर्लाहीको बरहथवा बजारमा आगलागी, तीन करोड बराबरको सम्पत्ति जलेर नष्ट
कात्तिक १७, २०८१ शनिबार
रवि लामिछानेलाई बुटवल पठाइने भएपछि रास्वपाले तयारीमा राख्यो बहस गर्न तीन जना वकिल
नेपालबहस संवाददाता
कात्तिक १९, २०८१ सोमबार
इजरायली सेनाले समात्यो हिजबुल्लाहका वरिष्ठ सदस्य
नेपालबहस संवाददाता
कात्तिक १८, २०८१ आइतबार
अन्तर्राष्ट्रिय उडानमा फड्को मार्दै भैरहवामा विमानस्थल, एयर एसियाले पनि थाल्यो व्यावसायिक उडान
रासस
कात्तिक १९, २०८१ सोमबार
तिहारमा जुवाडेलाई टिका लगाउन हिरासत बाहिरको उपहार !
नेपालबहस संवाददाता
कात्तिक १८, २०८१ आइतबार
रवि लामिछानेलाई बुटवल पठाइने भएपछि रास्वपाले तयारीमा राख्यो बहस गर्न तीन जना वकिल
कात्तिक १९, २०८१ सोमबार
अन्तर्राष्ट्रिय उडानमा फड्को मार्दै भैरहवामा विमानस्थल, एयर एसियाले पनि थाल्यो व्यावसायिक उडान
कात्तिक १९, २०८१ सोमबार
मंसिर १६ का लागि आयोगले तयारी सक्यो, दलभित्र उम्मेदवार चयनमै सकस
कात्तिक १९, २०८१ सोमबार
म्याद थपका लागि रवि लामिछानेलाई आज अदालत उपस्थित गराइँदै
कात्तिक २०, २०८१ मंगलबार
सर्लाहीमा पोखरीमा खसेर डुबेको कारबाट २ जनाको शव निकालियो
कात्तिक २०, २०८१ मंगलबार
पाँच करोड ठगी गरी फरार बिनुलाई कम्बोडियाबाट पक्राउ गरी नेपाल ल्याइयो
कात्तिक २०, २०८१ मंगलबार
छठ पर्व सु्रु, आज नहाय खाय
कात्तिक २०, २०८१ मंगलबार
सर्लाहीमा पोखरीमा कार डुबेर २ जना बेपत्ता
कात्तिक २०, २०८१ मंगलबार
स्थलगत ‘रिपोर्ट’: बाढीपीडित पुनर्वास नहुँदा टहरमा बित्यो दशैंतिहार
कात्तिक २०, २०८१ मंगलबार