केनको कप्तानीमा इंग्ल्यान्डको २३ सदस्यीय टोली घोषणा
इन्द्र रिजाल
जेठ १४, २०७६ मंगलबार १७:१६:१४
एजेन्सी । नेसन्स लिगको लागि इंग्ल्यान्डले चोटबाट पुनरागमन गर्ने प्रयासमा रहेका कप्तान ह्यारी केनलाई समावेश गर्दै २३ सदस्यीय टोलीको घोषणा गरेको छ ।
इंग्ल्यान्डका प्रशिक्षक ग्यारेथ साउथगेटले गत अप्रिलबाट चोटका कारण मैदान बाहिर रहेपनि चोटबाट पुनरागमन गर्ने प्रयासमा रहेका कप्तान केनलाई टिममा समावेश गर्दै २३ सदस्यीय टोलीको घोषणा गरेका हुन् । टोटेनहमका केनले १ जुनमा लिभरपुलविरुद्धको च्याम्पियन्स लिगको फाइनल खेल्ने तयारी गरिरहेका छन् ।
प्रशिक्षक साउथगेटले २७ सदस्यीय टोलीबाट ह्यारी केनको कप्तानी मा २३ सदस्यीय टोलीको घोषणा गरेका हुन् । किरियन ट्रिपर, ह्यारी विङ्कस, जेम्स वार्ड प्राउज र नाथन रेडमन्डले टोलीमा स्थान बनाउन सकेनन् ।
नेसन्स लिग पोर्चुगलमा ६ जुनबाट ९ जुनसम्म सञ्चालन हुदै छ । इंग्ल्यान्डले सेमिफाइनलमा खेलमा ६ जुनमा नेदरल्यान्डसँग खेल्दैछ । फाइनल प्रवेश गरे इंग्ल्यान्डले ९ जुनमा पोर्चुगल र स्वीट्जरल्यान्डमध्ये एक सँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।
पुर्ण टोली
गोलरक्षक – ज्याक बटल्यान्ड, टम हिटन र जोर्डन पिकफोर्ड
डिफेन्डर – ट्रेन एलेक्सन्डर अर्नोल्ड, विन चिलवेल, माइकल किन, ह्यारी मगाएर, ड्यानी रोज, जोए गोमेज, जोन स्टोन्स र केयल वार्कर
मिडफिल्डर – रोस बार्कली, डेल अली, फावियन डेल्फ, इरिक डायर, जोर्डन हेन्डरसन, जेसे लिङ्गार्ड र डेक्लन राइस
फरवार्ड – ह्यारी केन, मार्कुस रासफोर्ड, जाडोन सान्चो, रहिम स्ट्रलिङ र कलुम विल्सन
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपसभापति कप राष्ट्रिय फुटबल प्रतियोगिता आगामी माघमा हुने
पुष १८, २०८१ बिहिबार
फुटबलः चर्च ब्वाइज विजयी
पुष १२, २०८१ शुक्रबार
फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको तयारी पूरा
पुष ३, २०८१ बुधबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
पुष २०, २०८१ शनिबार
सूर्यदर्शन सहकारी ठगीः रवि लामिछानेसहित सात प्रतिवादीहरूको थुनछेक बहस जारी
पुष २१, २०८१ आइतबार
हेलिकोप्टरबाट सुत्केरीको उद्धार
पुष २१, २०८१ आइतबार
ओलीको राजनीतिक प्रतिवेदनः अर्थतन्त्रले अपेक्षित गति लिन नसकेको स्वीकार
पुष २१, २०८१ आइतबार
खुम्बु क्षेत्रमा स्थानीयले हेलिप्याडमा झण्डा गाडेपछि रोकियो हेलिकप्टर उडान
पुष २१, २०८१ आइतबार
पर्वतमा आगलागीमा परी ७२ वर्षीया वृद्धाको मृत्यु
पुष २१, २०८१ आइतबार