मिडिया काउन्सिल विधेयक फिर्ताको माग गर्दै नेविसंघ सडक आन्दोलनमा
इन्द्र रिजाल
जेठ १४, २०७६ मंगलबार २०:६:२९
काठमाडौं । प्रेस स्वतन्त्रताको विरुद्धमा आएको मिडिया काउन्सिलसम्बन्धी विधेयक तत्काल खारेज गर्न सरकारसँग माग गर्दै नेविसंघले सडक आन्दोलन सुरु गरेको छ ।
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसमा आवद्ध विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ नेविसंघले मिडिया काउन्सिलसम्बन्धि विधेयक प्रेस स्वतन्ततालाई हनन् हुनेगरी आएको उल्लेख गर्दै तत्काल खारेज गर्न सरकारसँग माग गर्दै मंगलबार बिहान काठमाडौंको पुतलीसडकबाट बाघबजारसम्म प्रर्दशन गरेको हो ।
प्रर्दशनीका क्रममा विद्यार्थी नेताहरुले प्रेस, न्यायालय, विश्वविद्यालय सबैलाई आफ्नो नियन्त्रणमा लिएर कम्युनिष्ट नेतृत्वको सरकारले अधिनायकवाद लाद्न खोजेको उल्लेख गर्दै त्यसको विरोधमा सडक आन्दोलन गर्नु परेको बताएका थिए ।
सरकारले मुलुकको सबै क्षेत्रमाथि हस्तक्षेप गर्न लागेकाले त्यसको विरोध गर्नु परेको नेविसंघका नेता मोतीलाल भण्डारीले जानकारी दिए ।
उनले सरकारले विश्वविद्यालय, प्रेसलगायतका संस्थाहरुमाथि हस्तक्षेप हुने गरी ल्याइएका सबै विधेयकहरु फिर्ता नभए कडा संघर्षमा उत्रन बाध्य हुने चेतावनी पनि दिए ।
नेविसंघले मुलुकलाई शान्ति सुरक्षा दिन नसकेको, महंगी नियन्त्रण गर्न नसकेकोभन्दै सरकारको चर्को आलोचना गर्दै आएको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपयातायातमा नयाँ हाकिम: पुराना कर्मचारी फर्किएपछि नक्कली लाइसेन्स छानबिनको फाइल हरायो
माघ ११, २०८१ शुक्रबार
पूर्व उपराष्ट्रपतिलाई राजनीतिमा फर्काउन माओवादीभित्रै दुई धार, प्रचण्ड मौन !
माघ ११, २०८१ शुक्रबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
वैदेशिक रोजगारीमा रहेकालाई दूतावासको विशेष काउन्टर सेवा
माघ १२, २०८१ शनिबार
लहान नगरपालिकाविरुद्ध किसानहरुको विशाल जनप्रदर्शन, खुटी नहरमा गाडे झन्डा
माघ १२, २०८१ शनिबार
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार