जिल्ला अदालतबाट पाए फणीन्द्र नेपालले सफाइ
इन्द्र रिजाल
जेठ १४, २०७६ बुधबार ३:३३:२६
काठमाडौं । ग्रेटर नेपालका अभियन्ता फणीन्द्र नेपाललाई काठमाडौं जिल्ला अदालतले सफाइ दिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँका प्रमुख जिल्ला अधिकारी राम प्रसाद आचार्यको इजलासले गत मिति २०७५ मंसिर २३ गते सार्वजनिक शान्ति विरुद्धको कसूरमा १ हजार जरिवाना गरेको फैसलालाई उल्ट्याउँदै काठमाडौँ जिल्ला अदालतका माननीय न्यायाधीश जनार्दन भट्टराईको इजालासले सोमबार सफाइ दिएको हो ।
नेपालका तर्फबाट अधिवक्ता सुजित के।सी।ले बहस गरेका थिए । २०७५ भाद्र १४ गते भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपालको औपचारिक भ्रमणका क्रममा काठमाडौंमा अवतरण गरेकै दिन अभियन्ता नेपाललाई प्रहरीले नियन्त्रणमा लिई सार्वजनिक शान्ति विरुद्धको कसूरको अपराधमा जिल्ला प्रशासन कार्यालयमा मुद्दा दायर गरेको थियो ।
फणीन्द्र नेपालले सार्वजनिक स्थानमा मुलुकी अपराध ‘संहिता’ ऐन २०७४ को दफा ७० को ‘१’ बमोजिम कसुर अपराध गरेको ठहर गर्दै सोही ऐनको दफा ७०’२’ बमोजिम रू. १००० ‘एक हजार’ जरिवाना हुन्छ भनी जिल्ला प्रशासन कार्यालय, काठमाडौँले फैसला गरेको थियो । जिल्ला प्रशासनको फैसला उपर नेपालले काठमाडौं जिल्ला अदालतमा पुनरावेदन दर्ता गराएका थिए ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपबालविवाह घटाउन बाँकेका युवा सक्रिय
पुष २४, २०८१ बुधबार
सङ्खुवासभाको मकालु क्षेत्रमा हिमपात, जनजीवन प्रभावित
पुष २४, २०८१ बुधबार
पर्साका विपन्न तीन सय जनालाई कम्बल वितरण
पुष २४, २०८१ बुधबार
धनुर्मास पूजापछि खुल्यो पशुपतिनाथ मन्दिर, गरियो आरती
पुष २४, २०८१ बुधबार
पर्वतबाट बहुमूल्य जडीबुटीको चोरीनिकासी बढ्दो
पुष २४, २०८१ बुधबार
हेटौंडा औद्योगिक क्षेत्रमा थपिए दुई उद्योग
पुष २४, २०८१ बुधबार