सन्दर्भ गणतन्त्र दिवस : समृद्धिको गोरेटो कोरिँदै
इन्द्र रिजाल
जेठ १५, २०७६ बुधबार १२:०:२०
रुपन्देही । जेठ १५ गते गणतन्त्र दिवस अर्थात् नेपालको राजनीतिक इतिहासमा एउटा युगान्तकारी दिन । जनआन्दोलन २०६२÷६३ को जगमा गणतन्त्र घोषणा भएको ऐतिहासिक दिनको स्मरण गर्दै हरेक वर्ष जेठ १५ गते देशभर विभिन्न कार्यक्रम गरी गणतन्त्र दिवस मनाइँदै आएको छ ।
आजको दिन १० वर्षे सशस्त्र जनयुद्ध र १९ दिने जनआन्दोलनको बलमा राजतन्त्रको अन्त्य गरी गणतन्त्र स्थापना भएको थियो ।
अहिले मुलुकमा तीन तहको सरकार स्थापित भएको छ । ‘सम्मृद्ध नेपाल सुखी नेपाली’ नारा अघि सारेर सङ्घीय सरकारले विकास र समृद्धिको काम अगाडि बढाएको छ । तीनै तहमा विकास निर्माणले गति लिएको छ ।
जनताको शासन जनताकै प्रतिनिधिले गर्ने व्यवस्थाको शुरुआत भएको छ । मुलुक सङ्घीय संरचनामा अघि बढेपछि विस्तारै जनताले त्यसको अनुभूति गर्न पाएको अधिवक्ता यमलाल खनाल बताउछन । “शुरुमा ऐन कानूनको अभाव थियो, अहिले विस्तारै तीनै तहका सरकारले कानून निर्माण गरेर विकास र समृद्धिको गोरेटो कोरेका छन् ।”
कानूनविहीन अवस्थामा पनि सङ्घीयता कार्यान्वयन हुनु सकारात्मक पक्ष भएको उनको भनाइ छ । मुलुक गरिबी र अभावबाट अगाडि बढेकाले तुरुन्तै सबै परिवर्तन हुने अवस्था नभए पनि कानून निर्माणसँगै अब जनताले परिवर्तनको महसुस गर्ने वातावरण बन्दै गएको खनालको भनाइ छ ।
“अहिले नागरिकले गणतन्त्रमा पाउनुपर्ने अधिकार स्पष्ट छन् । तीनै तहका कानून बन्दै छन्, केही वर्षमै जनताले आशा र भरोसा गरे अनुसारको वातावरण मुलुकमा तयार हुन्छ” लेखक तथा विश्लेशक ऋषि आजाद भन्छन्, “गत वर्षसम्म सङ्घीयता र गणतन्त्रप्रति कतिपयले आशङ्का गर्थे, अहिले आशङ्का मेटिँदै गएका छन्, गणतन्त्रप्रति विश्वास बढ्दै गएको छ ।”
मुलुकको समृद्धिका लागि विकास र योजनाको समन्वयात्मक ढाँचा तयार गरी सङ्घीय सरकारले प्रदेश र स्थानीय तहसँग समन्वय गरेर अगाडि बढ्नुपर्ने उनको सुझाव छ । भ्रष्टाचार नियन्त्रणका लागि प्रष्ट नीति र पारदर्शिता हुन जरुरी रहेको अधिवक्ता हेमा न्यौपाने बताउछन् । “विकास निर्माणका सबै कामको अनुगमन गर्नुपर्छ”, उनले भने ।
जनताका अधिकार स्थापित गर्न सरकार गम्भीर हुनुपर्ने तथा राजनीतिक नेतृत्व र नागरिक समाज सबैले आ–आफ्नो ठाउँबाट भूमिका खेल्नुपर्ने उनको भनाइ छ । देशमा आर्थिक विकासविना समृद्धि सम्भव छैन । त्यसका लागि राम्रा नीति र योजना बनाएर प्रभावकारी कार्यान्वयन गर्नुपर्छ ।
“नयाँ अभ्यास भएकाले तीन तहका सरकारबीच समन्वयको अभाव छ, राज्य संरचनाको प्रभावकारी रुपमा सञ्चालनका लागि तीन तहबीचको अन्तरसम्बन्धलाई प्रभावकारी बनाउनु पर्छ”, उनले भने ।
राजतन्त्र फालेर मुलुक गणतन्त्रमय हुनु राजनीतिक दृष्टिले महत्वपूर्ण उपलब्धि हो । जनस्तरमा परिवर्तनको अनुभूति हुनु जरुरी रहेको मानवअधिकार तथा शान्ति समाजका वरिष्ठ उपसभापति गोविन्द खनाल बताउछन् । हिजोका दिनमा जनतालाई देखाएको विकास र समृद्धिको सपना पूरा नहुँदासम्म गणतन्त्र संस्थागत हुन नसक्ने खनालको भनाइ छ ।
सरकारले मुलुकमा दण्डहीनता र सङ्क्रमणकालीन न्यायको व्यस्थापन गर्न नसक्दा नागरिकको राज्य व्यवस्थाप्रति नै नकारात्मक दृष्टिकोण बन्न थालेकाले गणतन्त्रको उपलब्धिको रक्षा गर्नतर्फ सरकार लाग्नुपर्ने उनको सुझाव छ ।
“सङ्घीयतालाई सफल बनाउनु अहिलेको आवश्यकता हो”, खनाल भन्नुहुन्छ, “गणतन्त्र प्राप्तिप्रति जनताले गर्व गर्ने वातावरण बनाउनुपर्छ ।”
नेपाल पत्रकार महासङ्घ रुपन्देहीका पूर्वअध्यक्ष डीआर घिमिरेका अनुसार गणतन्त्रको मुख्य उपलब्धि नै सङ्घीयता हो । सङ्घीयताकै कारण अहिले गाउँ–गाउँमा सिंहदरबार पुगेको छ । यसको उपलब्धि जोगाउन स्थानीय तहका सरकारले जनस्तरमा सरल ढङ्गले सेवा प्रवाह गर्न जरुरी छ । पत्रकार घिमिरे भन्छन्,, “जनताको सुझाव लिएर काम गर्नुपर्छ । आफूलाई पनि रुपान्तरण गरेर अगाडि बढ्नुपर्छ, होइन भने जनताले परिवर्तनको अनुभूति गर्न सक्दैनन् ।”
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपतिब्बत भूकम्पः राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त
पुष २३, २०८१ मंगलबार
कुखुरा फार्ममा आगलागी हुँदा धनमाल जलेर नष्ट
पुष २३, २०८१ मंगलबार
भूकम्पबाट सुरक्षित रहन प्रधानमन्त्रीको आग्रह
पुष २३, २०८१ मंगलबार
नेपालमा अहिलेसम्म क्षतिको विवरण आएको छैन, भूकम्प ७ म्याग्निच्युडको होकि ६.८ को ?
पुष २३, २०८१ मंगलबार
लामो रस्साकस्सीपछि सरकारले एक वर्ष थप गर्यो सशस्त्र प्रहरीका चार डीआईजीको कार्यकाल
पुष २३, २०८१ मंगलबार
भूकम्प अपडेट : चीनमा मृतकको संख्या १२६ पुग्यो, हजारौं भवन क्षतिग्रस्त
पुष २३, २०८१ मंगलबार
चन्द्रागिरि नगरपालिकाका पानी उद्योगमा प्रयोग भएका फोहर जार नष्ट
पुष २३, २०८१ मंगलबार
चिसो बढेपछि गौर नगरपालिकामा विद्यालय बन्द
पुष २३, २०८१ मंगलबार
काठमाडौं महानगरपालिकामा रहेका सहकारी समस्या सुल्झाउन सुझाव
पुष २३, २०८१ मंगलबार
भूकम्पबाट भएको क्षतिको विवरण संकलन गरिँदै
पुष २३, २०८१ मंगलबार