मोदीको सपथ कार्यक्रममा सहभागी हुन नेताहरु दिल्लीमा
इन्द्र रिजाल
जेठ १६, २०७६ बिहिबार १९:११:२९
नयाँदिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दोस्रो कार्यकालका लागि बिहीबार साँझ हुने सपथ कार्यक्रममा सहभागी हुन भुटानका प्रधानमन्त्री लोटे छिरिङ बिहीबार नयाँदिल्ली पुगेका छन् ।
उनलाई भारतीय विदेश सचिव विजय गोखलेले विमानस्थलमा स्वागत गरेका थिए । राष्ट्रपति भवनमा आयोजना हुने विशेष समारोहमा भारतका राष्ट्रपति रामनाथ कोविन्दले स्थानीय समय अनुसार साँझ ७ बजे नरेन्द्र मोदीलाई भारतको प्रधानमन्त्री पदको सपथ गराउनु हुनेछ ।
बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोग सम्बन्धी बंगालको खाडीको प्रयास ‘बिमस्टेक’ का सदस्य राष्ट्रहरुका सरकार तथा राष्ट्र प्रमुखहरुलाई उक्त सपथ ग्रहण कार्यक्रममा आमन्त्रण गरिएको छ । बिमस्टेकमा भारत सहित नेपाल, बंगलादेश, भुटान, म्यान्मार, श्रीलंका र थाइल्यान्ड सदस्य छन् ।
सपथ कार्यक्रममा बंगलादेशका राष्ट्रपति अब्दुल हमिद, श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेना, म्यान्मारका राष्ट्रपति यू वीन मिन्ट, भुटानका प्रधानमन्त्री लोटे छिरिङ, नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र थाइल्यान्डका विशेष दूत सहभागी हुने कार्यक्रम छ ।
साथै किर्गिजस्तानका राष्ट्रपति सूरोन्बे जीन्बेकोभ पनि सहभागी हुने भारतको विदेश मन्त्रालयले जनाएको छ । सत्तारुढ भारतीय जनता पार्टीका विदेशमा रहेका मित्रहरु पनि सपथ कार्यक्रममा सहभागी हुँदैछन् ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपसत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी
मंसिर १२, २०८१ बुधबार
इजरायल र हिजबुल्लाहले अमेरिकी प्रस्ताव स्वीकार गर्दा बाइडेन खुसी
मंसिर १२, २०८१ बुधबार
श्रीलङ्कामा प्रतिकुल मौसमका कारण ८२ हजार भन्दा बढी प्रभावित
मंसिर १२, २०८१ बुधबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
मार्फामा पर्यटकको चहलपहल
मंसिर १३, २०८१ बिहिबार
विश्वको तेस्रो अग्लो कञ्चनजङ्घामा पर्यटक
मंसिर १३, २०८१ बिहिबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
काभ्रेभिरमा ‘रक एङ्करिङ’ गरेर सडक फराकिलो पारिँदै
मंसिर १३, २०८१ बिहिबार
पालिकाद्वारा गाईपालक किसानलाई प्रोत्साहनस्वरुप अनुदान
मंसिर १३, २०८१ बिहिबार
वीरगञ्जबाट काठमाडौं हिँडेको कन्टेनर चुरियामाई उकालोमा पल्टियो, पूर्वपश्चिम राजमार्ग अवरुद्ध
मंसिर १३, २०८१ बिहिबार