कुसुण्डा बालिकालाई नेता जोशीको सहयोग
इन्द्र रिजाल
जेठ १६, २०७६ बिहिबार १९:३३:१०
तनहुँ । अति लोपोन्मुख जातिका रुपमा रहेको एक कुसुण्डा परिवारको बालिकालाई नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री नवीन्द्रराज जोशीले आर्थिक सहयोग गरेका छन् ।
तनहुँको ब्यास नगरपालिका–१० डिहीगाउँ निवासी सीमान्त कुसुण्डाको उपचारका लागि नेता जोशीले रु दश हजार सहयोग गरेका हुन् ।
उक्त रकम नेता जोशीले आज घरमै पुगेर आमा इन्द्रमायालाई हस्तान्तरण गर्दै सीमान्तको उपचारका लागि आर्थिक अभाव भएको थाहा पाएपछि केही सहयोग गरेको बताए ।
उनको उच्च शिक्षा अध्ययनका लागि आफूले सहयोग गर्ने प्रतिबद्धता समेत जनाएका जोशीले भने, “एसइईसम्म पढाउनका लागि सम्पूर्ण व्यवस्था भइसकेको रहेछ, उच्च शिक्षाको पढाइका लागि सम्पूर्ण जिम्मेवारी मैले लिने प्रतिबद्धता जनाउँछु”,
सोही वडाको शतिश बोर्डिङ स्कूलमा ४ कक्षामा अध्ययनरत सीमान्तको स्वास्थ्य र पढाइका लागि खर्च वडा नं १० ले लिने प्रतिबद्धता यसअघि नै वडाध्यक्ष तुलसीराम सापकोटाले जनाएका थिए ।
त्यस्तै सम्बन्धित बोर्डिङले समेत सीमान्तको मासिक शुल्कमा सहयोग गर्ने प्रतिबद्धता जनाएको थियो । साभ नेपालले उनकोे शिक्षा र स्वास्थ्यका लागि सहयोग अभियान सञ्चालन गरी एक वर्षका लागि पुग्ने शैक्षिक सामग्री उपलब्ध गराएको थियो ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपअपिहिमाल गाउँपालिकाको विकासमा पहल गर्छु : अध्यक्ष प्रचण्ड
पुष २४, २०८१ बुधबार
विपिन जोशीको रिहाइका लागि पहल गरिदिन इजरायललाई परराष्ट्रमन्त्रीको आग्रह
पुष २४, २०८१ बुधबार
कोरियाका कार्यवाहक राष्ट्रपति चोइ साङ मोकसमक्ष ओहदाको प्रमाणपत्र प्रस्तुत
पुष २४, २०८१ बुधबार
धनुर्मास पूजापछि खुल्यो पशुपतिनाथ मन्दिर, गरियो आरती
पुष २४, २०८१ बुधबार
पर्वतबाट बहुमूल्य जडीबुटीको चोरीनिकासी बढ्दो
पुष २४, २०८१ बुधबार
हेटौंडा औद्योगिक क्षेत्रमा थपिए दुई उद्योग
पुष २४, २०८१ बुधबार
बढ्दो मानव–हात्ती द्वन्द्व: २० वर्षमा २ सय ७४ जनाको मृत्यु
पुष २४, २०८१ बुधबार