प्रधानमन्त्री कप : सुदुरपश्चिम प्रदेश र प्रदेश नम्बर ५ को खेल रद्ध
इन्द्र रिजाल
जेठ १६, २०७६ शुक्रबार ०:१३:४५
काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिता अन्तर्गत सुदुरपश्चिम प्रदेश र प्रदेश नम्बर ५ बीचको खेल रद्ध भएको छ ।
कीर्तिपुरस्थित टियु मैदानमा बिहिबार वर्षाले खेल प्रभावित गरेपछि सुदुरपश्चिम र प्रदेश ५ बीचको खेल नतिजाविहीन बनेको हो । खेल नतिजाविहीन बनेसंगै दुवै टोलीले एक एक अंक बाडेका छन् ।
सुदुरपश्चिमले दिएको १८९ रनको मध्यम लक्ष्यसहित प्रदेश ५ ले जवाफी ब्याटिङ गरिरहदा वर्षाको कारण खेल रोकिएको थियो । त्यसपछि खेल पुनः सुचारु हुन सकेन । वर्षाले खेल रोकिनुअघि प्रदेश ५ ले १९ ओभरमा ४ विकेट गुमाएर ५६ रन बनाएको थियो ।
प्रदेश ५ का लागि सुबेन्धु पाण्डेले २९ रन जोडेका थिए । सुदुरपश्चिमका विनोद लामाले २ विकेट लिएका थिए ।यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सुदुरपश्चिमले ४९ ओभर ५ बलमा अलआउट हुँदै १८८ रन बनाएको थियो ।
सुदुरपश्चिमका लागि खडक बोहराले ६२ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै नरेश बोहराले ३१,नरेन्द्र साउदले २१ तथा लोकेश बमले १९ रन बनाए ।
प्रदेश ५ का लागि जितेन्द्र सहानी, सिदान्त शाही र कृष्ण कार्कीले २–२ किकेट लिए । यस खेल रद्द भएसंगै समूह ’ए’ का दुवै टोलीले पहिलो १–१ अंक जोडेको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपएलिट कपका लागि पुलिस क्लबको टोली घोषणा
पुष १९, २०८१ शुक्रबार
एलिट कपः सन्दीपको कप्तानीमा बागमतीको टोली घोषणा
पुष १८, २०८१ बिहिबार
एनपिएल विजेता जनकपुर बोल्ट्सको महोत्तरीमा ‘ट्रफी परेड’
पुष १३, २०८१ शनिबार
बाल गायक सचिन परियारको निधन
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
पुष १९, २०८१ शुक्रबार
पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
पुष १९, २०८१ शुक्रबार
आगामी नेपाल प्रिमियर लिग चितवनमा गर्नेगरी काम अघि बढाएका छौँ : मेयर रेनु दाहाल
पुष १९, २०८१ शुक्रबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
पुष १९, २०८१ शुक्रबार
विश्व खाद्य वस्तुको मूल्य सन् २०२४ मा दुई प्रतिशतले गिरावट
पुष १९, २०८१ शुक्रबार
पछिल्लो समय अनलाइन ठगी बढेको भन्दै विशेष सावधानी अपनाउन सीआइबीको आग्रह
पुष १९, २०८१ शुक्रबार
राप्रपा नेपालको केन्द्रीय समिति बैठक स्थगित
पुष १९, २०८१ शुक्रबार
स्थिरता, स्थायित्व र विकासका लागि वर्तमान सरकार : उपप्रधानमन्त्री सिंह
पुष १९, २०८१ शुक्रबार