सात लाख ५० हजार इयू नागरिकद्वारा बेलायतमा बसोबासका लागि आवेदन
इन्द्र रिजाल
जेठ १६, २०७६ शुक्रबार १:५२:३१
एजेन्सी । सन् २०१९ को शुरूको चार महिनामा बेलायत बसोबासका लागि आवेदन गर्ने यूरोपेली संघ ‘इयू’ सदस्य राष्ट्रका नागरिकहरूको सङ्ख्या सात लाख ५० हजार पुगेको बिहीबार सार्वजनिक बेलायतको सरकारी तथ्याङ्कमा उल्लेख गरिएको छ ।
बेलायत सरकारले इयूबाट बेलायतको बहिर्गमन ‘ब्रेक्जिट’ सँगै करिब ३८ लाख इयू नागरिकले स्थायीरूपमा बेलायत बसोबास गर्नका लागि आवेदन गर्ने देखिएको बताएको छ ।
गत जनवरीमा सार्वजनिकरूपमा आएका हल्ला र अनुरोधप्रति प्रतिक्रिया दिँदै प्रधानमन्त्री टरिजा मेले यदि उहाँकै शब्दमा ‘सम्झौताहीन बहिर्गमन’ लागु भएमा बेलायतले स्थायी बसोबासको आवेदन दिँदा लिँदै आएको ६५ यूरो बराबरको शुल्कको व्यवस्था खारेज गरिएको बताएका थिए ।
बेलायती आन्तिरिक मामिला मन्त्रालयले दिएको जानकारी अनुसार यसरी आवेदन दिनेहरूमा सबैभन्दा बढी ‘एक लाख तीन हजार’ पोल्याण्डका नागरिक रहेका छन् भने ९० हजार रोमानियाली र ७१ हजार इटालियाली नागरिकले दर्खास्त दिएका छन् । यसरी आवेदन दिने नागरिकमा पोर्चुगाली तथा स्पेनी नागरिक चौँथो र पाँचौँ स्थानमा रहेका बताइएको छ ।
गृह मन्त्री साजिद जाविद, जो आगामी जुलाई प्रधानमन्त्री मेका ११ सम्भावित उत्तराधिकारीमध्ये एक हुन्, ले यो योजनालाई हेरी सकेका छन् । “इयू नागरिक बेलायतको विकासका लागि योगदान गर्ने हाम्रा साथी, छिमेकी र सहकर्मी हुन् ।” जाविदद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “ब्रेक्जिटको जे नतिजा आएपनि हामीले उनीहरूलाई बेलायतमा बसोबास गरेको देख्न चाहन्छौँ ।”
हाम्रो स्वतन्त्र र सिधा इयू बहिर्गमन र त्यसपछिका समस्या समाधानको योजना अन्तर्गत सात लाख ५० हजार इयू नागरिकको आवेदन पूर्णतया प्रोत्साहनजनक देखिएको छ । यो योजनाले आगामी महिनाहरूमा सकेसम्म छिटो सफलता पाउने छ ।
सन् २०१६ मा ब्रेक्जिटको पक्षमा मतदान गरेका पोल्याण्ड तथा रोमानिया लगायतका मुलुकका आप्रबासीको बेलायत बस्ने इच्छालाई सम्बोधन गर्दा आउनसक्ने आर्थिक ब्यवधानप्रति विभिन्न कोणबाट चिन्ता व्यक्त पनि हुने गरेका छन् ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपसत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी
मंसिर १२, २०८१ बुधबार
इजरायल र हिजबुल्लाहले अमेरिकी प्रस्ताव स्वीकार गर्दा बाइडेन खुसी
मंसिर १२, २०८१ बुधबार
श्रीलङ्कामा प्रतिकुल मौसमका कारण ८२ हजार भन्दा बढी प्रभावित
मंसिर १२, २०८१ बुधबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
मकवानपुरमा कुटपिटबाट एकको मृत्यु
मंसिर १३, २०८१ बिहिबार
क्रेन लगाएर कन्टेनर हटाइयो, पूर्वपश्चिम राजमार्ग सुचारु
मंसिर १३, २०८१ बिहिबार
मार्फामा पर्यटकको चहलपहल
मंसिर १३, २०८१ बिहिबार
विश्वको तेस्रो अग्लो कञ्चनजङ्घामा पर्यटक
मंसिर १३, २०८१ बिहिबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
काभ्रेभिरमा ‘रक एङ्करिङ’ गरेर सडक फराकिलो पारिँदै
मंसिर १३, २०८१ बिहिबार