‘आफैँबाट शुरु गरौँ, औलोलाई शून्यमा पुर्याऔँ’
इन्द्र रिजाल
जेठ १७, २०७६ शुक्रबार १६:१५:१०
धम्बोझी । प्रदेश नं ५ सामाजिक विकास मन्त्रालयअर्न्तगत प्रदेश नं ५ स्वास्थ्य निर्देशनालयले नेपालगञ्जमा आयोजना गरेको औलो ‘मलेरिया’ रोगसम्बन्धी अन्तरक्रियामा १८५ औलो रोगी भेटिएको तथ्याङ्क सार्वजनिक गरेको छ ।
सो तथ्याङ्कअनुसार कपिलवस्तुमा ४९, बर्दियामा ३४, रुपन्देहीमा २४, दाङमा १०, अर्घाखाँची र नवलपरासी पूर्व सात–सात र पाल्पामा दुई गरी १८५ औलो रोगी रहेका छन् ।
सरकारले सन् २०२५ सम्म देशलाई औलो रोगबाट मुक्त गर्ने अभियान चलाएको छ । ‘आफैँबाट शुरु गरौँ, औलोलाई शून्यमा पुर्याऔँ’ भन्ने मूल नाराका साथ औलो नियन्त्रणका लागि सरकारले चलाएको अभियानकै दौरानमा बाँकेमा औलो रोगीको उच्च जोखिममा रहेको तथ्य बाहिरिएको हो ।
निर्देशनालयका निर्देशक दिनेशकुमार चापागाईंद्वारा प्रस्तुत तथ्याङ्कमा प्रदेश नं ५ को बाँकेमा ५२ औलो रोगी रहेका छन् । औलो रोग नियन्त्रणका लागि सरकारले चलाएको अभियानले औलो रोगीका सङ्ख्या घटे पनि बाँके प्रदेशकै उच्च जोखिममा रहेको हो ।
सार्वजनिक तथ्याङ्कका आधारमा बाँकेको राप्तीसोनारी गाउँपालिका–३ औलोको उच्च जोखिममा रहेको पाइएको छ ।
औलो रोग लामखुट्टेबाट लाग्ने भएकाले घर वरिपरि सफा राखी वातावरण नै स्वच्छ बनाउनुपर्ने, खाल्डाखुल्डी पुर्ने, औषधि छर्कने र सुत्दा अनिवार्य झुलको प्रयोग गर्नेजस्ता विषयमा नागरिक संवेदनशील हुनुपर्ने निर्देशक चापागाईंले बताए ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपतिब्बत भूकम्पः राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त
पुष २३, २०८१ मंगलबार
कुखुरा फार्ममा आगलागी हुँदा धनमाल जलेर नष्ट
पुष २३, २०८१ मंगलबार
भूकम्पबाट सुरक्षित रहन प्रधानमन्त्रीको आग्रह
पुष २३, २०८१ मंगलबार
नेपालमा अहिलेसम्म क्षतिको विवरण आएको छैन, भूकम्प ७ म्याग्निच्युडको होकि ६.८ को ?
पुष २३, २०८१ मंगलबार
लामो रस्साकस्सीपछि सरकारले एक वर्ष थप गर्यो सशस्त्र प्रहरीका चार डीआईजीको कार्यकाल
पुष २३, २०८१ मंगलबार
भूकम्प अपडेट : चीनमा मृतकको संख्या १२६ पुग्यो, हजारौं भवन क्षतिग्रस्त
पुष २३, २०८१ मंगलबार
चन्द्रागिरि नगरपालिकाका पानी उद्योगमा प्रयोग भएका फोहर जार नष्ट
पुष २३, २०८१ मंगलबार
चिसो बढेपछि गौर नगरपालिकामा विद्यालय बन्द
पुष २३, २०८१ मंगलबार
काठमाडौं महानगरपालिकामा रहेका सहकारी समस्या सुल्झाउन सुझाव
पुष २३, २०८१ मंगलबार
भूकम्पबाट भएको क्षतिको विवरण संकलन गरिँदै
पुष २३, २०८१ मंगलबार