योगशिक्षालाई विद्यालयस्तरमा राखिने
इन्द्र रिजाल
जेठ १७, २०७६ शुक्रबार १९:५७:२८
काठमाडौँ । योग शिक्षालाई विद्यालयस्तरमा राखिने भएको छ । शिक्षा, विज्ञान र प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले योग विषयलाई सामुदायिक विद्यालयमा कार्यान्वयनमा ल्याउन पुस्तक छाप्ने काम भइरहेको जानकारी दिएका छन् ।
“नेपाल सरकारले योगलाई प्राथमिकतामा राखेको छ”, योग युनिभर्सिटी अफ अमेरिकाले बिहीबार आयोजना गरेको नेपाल–भारत योग प्रवद्र्वन कार्यक्रममा मन्त्री पोखरेलले भने ।
नेपालमा चार वर्षदेखि राष्ट्रिय र अन्तराष्ट्रिय गरी दुई पटक योग दिवस(माघेसङ्क्रान्ति र २१ जुन) मनाइँदै आएको छ । नेपालमा योगलाई योगा भन्दै आइएकाले शब्द उच्चारणमा ध्यान दिन पनि मन्त्री पोखरेलले सुझाव समेत दिए ।
नेपाल–प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले केही समयपछि योगलाई प्राज्ञिक रुप दिइने जानकारी दिए । “नेपाललाई योगको प्रमुख थलोको रुपमा विकास गर्नुपर्छ”, उनले भने ।
सो अवसरमा भारतीय योगगुरु अरुणमल्लिदेव पादशान्तिले योगलाई विश्वस्तरमा प्रचारप्रसार र विस्तार गर्दै जाने बताए ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपधनुर्मास पूजापछि खुल्यो पशुपतिनाथ मन्दिर, गरियो आरती
पुष २४, २०८१ बुधबार
पर्वतबाट बहुमूल्य जडीबुटीको चोरीनिकासी बढ्दो
पुष २४, २०८१ बुधबार
जुम्लाका सामुदायिक विद्यालयमा विज्ञान प्रयोगशाला
पुष २४, २०८१ बुधबार
पर्साका विपन्न तीन सय जनालाई कम्बल वितरण
पुष २४, २०८१ बुधबार
धनुर्मास पूजापछि खुल्यो पशुपतिनाथ मन्दिर, गरियो आरती
पुष २४, २०८१ बुधबार
पर्वतबाट बहुमूल्य जडीबुटीको चोरीनिकासी बढ्दो
पुष २४, २०८१ बुधबार