नेपालमा नाकाबन्दी लगाउने जयशंकर भारतका नयाँ बिदेशमन्त्री,अर्थमन्त्रीमा निर्मला सीतारमण
इन्द्र रिजाल
जेठ १७, २०७६ शुक्रबार २१:११:५४
एजेन्सी । भारतमा नवनियुक्त मन्त्रीमण्डलमा नयाँ अर्थमन्त्रीका रुपमा निर्मला सीतारमण नियुक्त भएकी छिन्। अरुण जेट्लीले आफूलाई सरकारमा सामेल नगर्न प्रधानमन्त्री नरेन्द्र मोदीलाई पत्र लेखेपछि निर्मला वित्तमन्त्री भएकी हुन्।
यसअघि रक्षामन्त्रीको रुपमा रहेकी सीतारमण भारतीय जनता पार्टीकी राष्ट्रिय प्रवक्ता समेत थिइन्। सन् २०१७ सेप्टेम्बरमा उनी रक्षामन्त्रीमा नियुक्त भएकी थिइन्। हाल उनलाई बित्त मन्त्री बनाइएको हो। उनले चर्चित बायु सेवा यान राफेलमा प्रतिपक्षसँग जुझारु भएर भिँडेकी थिइन्।
रक्षामन्त्री हुनु अघि उनी भारतको बाणिज्य तथा उद्योग तथा बित्त तथा कर्पोरेट मामिला मन्त्री रहेकी थिइन्।
तमिलनाडुकी निर्मला सीतारमणले भारत यूरोप टेक्सटाइल ब्यापारमा पिएचडी गर्नुका साथै इन्टरनेशनल रिलेशनमा एमफिल समेत गरेकी छिन्। उनले केही समय बीबीसी विश्व सेवामा समेत काम गरेकी थिइन्।
सन् २००६ मा भारतीय जनता पार्टीमा आबद्ध भएकी निर्मला सीतारमणले आफ्नो क्षमता तथा उपलब्धीका आधारमा लगातार सफल हुँदै गइन्। उनी सन् २००३ देखि २००५ सम्म राष्ट्रिय महिला आयोगको सदस्य थिइन्।
प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ मन्त्रीहरुको बाँडफाँड गर्दै ५८ जनालाई नियुक्त गरेका हुन्।
नेपालमा नाकाबन्दी लगाउन प्रमुख भूमिका खेलेको मानिएका एस जयशंकरलाई प्रधानमन्त्री मोदीले बिदेशमन्त्रीमा नियुक्त गरेका छन्।
भारतीय जनता पार्टीका चिफ अमित शाह नयाँ गृहमन्त्री बनाइएका छन्। मोदी मन्त्रीपरिषदमा राजनाथ सिंह रक्षामन्त्री बनेका छन्।
यसैगरी पेट्रोलियम मन्त्री धर्मेन्द्र प्रधान तथा रेल मन्त्रीका रुपमा पीयूष गोयल चुनिएका छन्। यसअघि टेक्सटाइल मन्त्री रहेकी स्मृती इरानी महिला तथा बालबिकास मन्त्री बनेकी छिन्।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपयातायातमा नयाँ हाकिम: पुराना कर्मचारी फर्किएपछि नक्कली लाइसेन्स छानबिनको फाइल हरायो
माघ ११, २०८१ शुक्रबार
पूर्व उपराष्ट्रपतिलाई राजनीतिमा फर्काउन माओवादीभित्रै दुई धार, प्रचण्ड मौन !
माघ ११, २०८१ शुक्रबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
वैदेशिक रोजगारीमा रहेकालाई दूतावासको विशेष काउन्टर सेवा
माघ १२, २०८१ शनिबार
लहान नगरपालिकाविरुद्ध किसानहरुको विशाल जनप्रदर्शन, खुटी नहरमा गाडे झन्डा
माघ १२, २०८१ शनिबार
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार