मेक्सिकोले राख्यो अमेरिकासँग वार्त प्रस्ताव
इन्द्र रिजाल
जेठ १७, २०७६ शुक्रबार २१:५२:२२
काठमाडौं । अमेरिका र मेक्सिको सीमा क्षेत्रमा जारी रहेका आप्रवासी मुद्दाको समाधानको लागि मेक्सिकाली राष्ट्रपति आन्ड्रेस् म्यानुएल लोपेज ओब्राडोरले बिहीबार संयुक्तराज्य अमेरिकासँग वार्ताको प्रस्ताव राखेका छन् ।
यस सामाजिक समस्यालाई कर र बलपूर्वक रोक्ने उपायबाट समाधान नहुने लोपेजले डोनाल्ड ट्रम्पलाई पठाउनु भएको एक पत्रमा बताएका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्वीटरमार्फत अमेरिका र मेक्सीकोको सीमा इलाकामा आगामी १० जुनबाट मेक्सिकोबाट आयातित सामानहरुमा १० प्रतिशत शुल्क बृद्धि गर्ने र कागज नभएका आप्रवासीहरुलाई सीमा पार गर्ने कडाई गरिने बताएपछि लोपेजले सो पत्र पठाएका छन् ।
अमेरिका र मेक्सिको सीमा क्षेत्रमा अवस्था कुनै प्रगति नभएमा सन् २०१९ जुलाई १ बाट सीमा क्षेत्रको सीमा शुल्कमा १० प्रतिशत हुने ह्वाइट हाउसले बिहीबार साँझ जारी गरेको एक विज्ञप्तिमा जनाइएको छ ।
ट्रम्पले मेक्सिकोको सीमा क्षेत्रमा सीमा शुल्क बढाउने विषयमा बारम्बार चेतावनी दिँदै आएका छन् । अमेरिका सीमा शुल्क विभाग र सीमा सुरक्षाबलले गत मार्च महिना मात्र १ लाख ३ हजार भन्दा बढी आप्रवासीलाई फर्काएका र अलपत्रमा परेका थिए । एजेन्सीकाे सहयाेगमा
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपसत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी
मंसिर १२, २०८१ बुधबार
इजरायल र हिजबुल्लाहले अमेरिकी प्रस्ताव स्वीकार गर्दा बाइडेन खुसी
मंसिर १२, २०८१ बुधबार
श्रीलङ्कामा प्रतिकुल मौसमका कारण ८२ हजार भन्दा बढी प्रभावित
मंसिर १२, २०८१ बुधबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
एमाले नेता सवार सरकारी गाडी स्थानीयको नियन्त्रणमा
मंसिर १३, २०८१ बिहिबार
उखुको जुस बेचेर मनग्गे आम्दानी गर्दै पञ्चलाल
मंसिर १३, २०८१ बिहिबार
मध्यपहाडी लोकमार्ग अन्तर्गत बागलुङ र पर्वतमा पाँच पुल बन्दै
मंसिर १३, २०८१ बिहिबार
बाढीले पुल बगाएपछि फोक्सिङटारमा अस्थायी बेलिब्रिज
मंसिर १३, २०८१ बिहिबार
सूचना आयोगले प्रधानमन्त्रीसमक्ष बुझायो वार्षिक प्रतिवेदन
मंसिर १३, २०८१ बिहिबार
परराष्ट्रमन्त्री डा राणा चीन प्रस्थान
मंसिर १३, २०८१ बिहिबार