फेसबुक : अध्यक्षबाट मार्क जुकरबर्गलाई हटाउने प्रयास विफल
इन्द्र रिजाल
जेठ १८, २०७६ शनिबार १८:१६:५३
एजेन्सी । मार्क जुकरबर्गलाई फेसबुकको अध्यक्षबाट हटाउन गरिएको एउटा प्रयास विफल भएको छ। फेसबुकको वार्षिक साधारणसभामा बिहीवार भएको मतदानसँगै जकर्बर्ग प्रमुख कार्यकारी अधिकृत तथा सञ्चालक समितिका अध्यक्ष दुवै रहिरहने भएका छन्।
फेसबुकमा जकर्बर्गको ६० प्रतिशत शेयर छ र उनले मतदानमा आफैँले आफूविरुद्ध मत हालेको भए मात्रै उनी हार्ने थिए।उनलाई अध्यक्ष पद त्याग गर्न आह्वान गर्ने केही लगानीकर्ताले अध्यक्ष पद छाड्दा जकर्बर्गले कम्पनी सञ्चालनमा अझ ध्यान पुर्याउन सक्ने तर्क गरेका थिए।
अध्यक्षबाट हटाउने प्रस्ताव किन ?
मार्क जुकरबर्गलाई अध्यक्षबाट हटाउने खोज्ने लगानीकर्ताहरूमध्येका एक ७० लाख डलर बराबरको शेयर भएको ट्रिलियम एसेट म्यानेजमेन्ट पनि हो।
‘संसारको एउटा विशाल कम्पनीमा अहिले उनले दुईवटा महत्त्वपूर्ण पद ओगटेका छन्। यदि उनले प्रमुख कार्यकारी अधिकृतको भूमिकामा केन्द्रित भएर अरूलाई स्वतन्त्रतापूर्वक सञ्चालक समितिको अध्यक्षता गर्न दिए त्यो धेरै राम्रो स्थिति हुन्छ’ ट्रिलियमका वरिष्ठ उपाध्यक्ष जोनस क्रोनले बीबीसीलाई मतदानअघि भनेका थिए।
फेसबुकमा मार्क जुकरबर्गको नेतृत्वबारे मतदान हुँदै
मार्क जुकरबर्ग भन्छन् फेसबुकले अब गोपनीयतामा ध्यान दिनेछ ल्यारी पेज र एल्फबेट तथा बिल गेट्स र माइक्रोसफ्टको दृष्टान्त दिँदै उनले संस्थापक नै सञ्चालक समितिको अध्यक्ष बनिरहन पर्दैन भन्ने उदाहरण भएको तर्क गरेका थिए।
‘मलाई थाहा छ यो त्यति सजिलो कदम नहुन सक्छ। तर यो महत्त्वपूर्ण कदम उनको हित र उनका लगानीकर्ताहरूको हितमा हुन्छ।’
एक वर्षभन्दा लामो समयदेखिको गोपनीयता र सूचना सुरक्षासम्बन्धी प्रकरणहरूका बीचमा पनि फेसबुकले अपेक्षाभन्दा राम्रो कमाइ गरेको छ र अझ धेरै मानिसहरूका माझ पुगेको छ। साधारण सभामा स्वतन्त्र अध्यक्ष नियुक्त गर्ने सम्बन्धी प्रश्नको जवाफ दिन जकर्बर्गले चाहेनन्।
उनले फेसबुकलाई निर्देशित गर्न गोपनीयता र सूचनाका विषयमा नियामक संस्थाहरूले नियम बनाउनुपर्ने धारणा दोहोर्याए।
साधारणसभा स्थलको बाहिर सानो समूहले फेसबुकले आफ्ना प्रयोगकर्ताहरूलाई संरक्षण नगरेको भन्दै विरोध प्रदर्शन गरेका छन्। अर्को समूहले भने फेसबुकले सेन्सर गरेको भन्दै प्रदर्शन गरेका छन्। मे महिनामा फेसबुकका पूर्वसुरक्षा प्रमुख एलेक्स स्ट्यामोसले जुकरबर्गलाई प्रमुख कार्यकारीको पद छाड्न आग्रह गरेका थिए।
क्यानडामा आयोजित एउटा कन्फरेन्समा बोल्दै उनले जुकरबर्गसँग ‘अति धेरै शक्ति भएको न्यायसङ्गत तर्क’ भएको बताएका थिए। जकर्बर्गले आफ्नो नेतृत्वको बचाउ गर्ने गरेका छन्।
फेसबुकजस्तो अभूतपूर्व संस्था निर्माण गर्दा केही कुरा बिग्रिन सक्ने टिप्पणी गर्दै गत एप्रिलमा उनले भनेका थिए, ‘हामीले त्रुटिबाट सिकेका छौँ कि छैनौँ त्यसबाट मानिसहरूले हामीलाई उत्तरदायी बनाउनुपर्छ भन्ने मलाई लाग्छ।’
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपयातायातमा नयाँ हाकिम: पुराना कर्मचारी फर्किएपछि नक्कली लाइसेन्स छानबिनको फाइल हरायो
माघ ११, २०८१ शुक्रबार
पूर्व उपराष्ट्रपतिलाई राजनीतिमा फर्काउन माओवादीभित्रै दुई धार, प्रचण्ड मौन !
माघ ११, २०८१ शुक्रबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
वैदेशिक रोजगारीमा रहेकालाई दूतावासको विशेष काउन्टर सेवा
माघ १२, २०८१ शनिबार
लहान नगरपालिकाविरुद्ध किसानहरुको विशाल जनप्रदर्शन, खुटी नहरमा गाडे झन्डा
माघ १२, २०८१ शनिबार
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार