ओली सरकार उधारोमा बजेट विनियोजित गरेर चर्चामा : वरिष्ठ नेता पौडेल
इन्द्र रिजाल
जेठ १८, २०७६ शनिबार १८:४०:५९
सुर्खेत । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले उधारो बजेट विनियोजित गरेर चर्चा कमाएको बताएका छन् ।
जागरण अभियानको क्रममा सुर्खेत पुगेका नेता पौडेलले न्यायालय र संवैधानिक निकायमाथि हस्तक्षेप गरिनु यसैको प्रारम्भिक चरण भन्दै ओलीको कदम तानाशाही बन्दै गएको बताएका हुन् । उनले भने, ‘संघीयता विपरित, संविधान विपरित कामहरु गर्दै गइरहेका छन्, सबै अधिकार आफैंतर्फ केन्द्रित गरेका छन्।’
उनले नेकपाको दुई तिहाइ सरकारले जनताका मतको दुरुपयोग गरेको आरोप लगाउँदै नेकपाले चुनावमा देखाएका सपना विपरित काम गरिरहेको बताए। ‘हिजो चुनावमा जाँदा कम्युनिष्टले जुन सपना बाँडेका थिए ती सपना पूरा भएका छैनन्,’ उनले भने।
सरकारले अहिले पनि स्थानीय तह र प्रदेश सरकारलाई अधिकार नदिएको नेता पौडेलले बताए। ‘अहिले पनि केन्द्रबाटै बजेट दिने गरी केन्द्रीकृत शासन गर्न खोजिएको छ,’ उनले भने, ‘संसदलाई करोडौं बाँडेर उपभोक्ता समिति बनाई भ्रष्टाचार गर्ने मनसाय सरकारले गरेको छ।’
सबै जनताले पानीसमेत खान पाएका नपाएको तर, पधानमन्त्री ओलीले पानीजहाजको आश देखाएको उनले बताए।कर्णाली राजमार्ग कांग्रेसले बनाएको भएकै कारण सरकारले बेवास्ता गरेको र यसले वर्षेनी दुर्घटना हुँदै गएको उनले दाबी गरे।
नेपालका सबै नदिको पानी एकै ठाँउमा जम्मा गर्ने र भारतलाई बुझाउने यो कस्तो ओलीको राष्ट्रवाद हो ? उनले प्रश्न गरे।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपयातायातमा नयाँ हाकिम: पुराना कर्मचारी फर्किएपछि नक्कली लाइसेन्स छानबिनको फाइल हरायो
माघ ११, २०८१ शुक्रबार
पूर्व उपराष्ट्रपतिलाई राजनीतिमा फर्काउन माओवादीभित्रै दुई धार, प्रचण्ड मौन !
माघ ११, २०८१ शुक्रबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
वैदेशिक रोजगारीमा रहेकालाई दूतावासको विशेष काउन्टर सेवा
माघ १२, २०८१ शनिबार
लहान नगरपालिकाविरुद्ध किसानहरुको विशाल जनप्रदर्शन, खुटी नहरमा गाडे झन्डा
माघ १२, २०८१ शनिबार
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार