ओली, प्रचण्ड र नेपालबीच वार्ता, पार्टी एकतालाई टुँगो लगाउने समझदारी !
इन्द्र रिजाल
जेठ १९, २०७६ आइतबार २१:१४:२६
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच आज पार्टी एकताको विषयमा निर्णायक छलफल भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा पार्टीका बरिष्ठ नेता माधवकुमार नेपालको पनि सहभागिता थियो । स्रोतका अनुसार प्रचण्डसँग छलफल गर्नुपुर्व ओलीले नेता नेपालसँग छलफल गरेका थिए ।
त्यसपछि प्रचण्डसहितको छलफलमा ओली जुटेका थिए । करिब तीन घण्टा भएको छलफलमा पार्टी एकतालाई तत्काल टुँगो लगाउने समझदारी भएको छ ।
शीर्ष नेताहरुबीचको विवादका कारण सचिवालय बैठक केही दिन ढिला सारिएको थियो । सचिवालय बैठक अब भोलि विहान बस्ने बुझिएको छ ।
नेता त्रयबीचको छलफलबारे जानकारी दिँदै एक नेताले भने, ‘आजको बालुवाटारमा भएको छलफलमा उनीहरुबीच समग्रमा कसरी जाने भन्ने विषयमा छलफल भएको छ । उनीहरु सहमति पालना गर्दै मिलेर जाने कुरा भएको छ।’
अध्यक्ष प्रचण्डले आफू र ओलीले सरकारको नेतृत्व आलोपालो चलाउने भनेर अभिव्यक्ति दिएपछि उत्पन्न राजनीतिक तरंगलाई मध्यनजर गर्दै ओलीले आजको छलफल डाकेको बुझिएको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपयातायातमा नयाँ हाकिम: पुराना कर्मचारी फर्किएपछि नक्कली लाइसेन्स छानबिनको फाइल हरायो
माघ ११, २०८१ शुक्रबार
पूर्व उपराष्ट्रपतिलाई राजनीतिमा फर्काउन माओवादीभित्रै दुई धार, प्रचण्ड मौन !
माघ ११, २०८१ शुक्रबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
वैदेशिक रोजगारीमा रहेकालाई दूतावासको विशेष काउन्टर सेवा
माघ १२, २०८१ शनिबार
लहान नगरपालिकाविरुद्ध किसानहरुको विशाल जनप्रदर्शन, खुटी नहरमा गाडे झन्डा
माघ १२, २०८१ शनिबार
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार