शक्ति केन्द्रको चेपुवामा ओली र प्रचण्ड
इन्द्र रिजाल
जेठ १९, २०७६ आइतबार २२:१७:३
काठमाडौं । कम्युनिष्ट भन्ने वित्तिकै अर्काको अस्तित्व स्वीकार्न नसक्ने दर्शन । कार्ल माक्र्सले लेखेको द्वन्द्वात्मक भौतिकवाद होस् वा माओत्सेतुङको साँस्कृतिक क्रान्ति नै किन नहोस् , जहाँ सबै अटाउन सक्ने अवस्था रहन्न । त्यसको नेपाली संस्करणका रुपमा कुनै बेला उदाहरण थिए केशरजंग रायमाझी । जब कम्युनिष्ट जुट्ने अवस्था आउँथ्यो , उनी पुगिहाल्थे भाँजो हाल्न । त्यसैले नेपालको राजनीतिक इतिहासमा एक्लो र सग्लो कम्युनिष्ट पार्टी कहिल्यै बनेन । इतिहास साक्षी छ – विभिन्न गुट उपगुटमा विभाजित छन् नेपाली कम्युनिष्ट ।
ओली भारत गएका बेला उनको सत्ता प्रसंग बाहिरिनु फगत् संयोग होइन । उनी पार्टी भित्रकै असन्तुष्ट पक्षको आग्रहमा भारतीय पक्षलाई ओलीको हैसियत बुझिने गरी सन्देश दिइरहेका थिए । नरेन्द्र मोदी पुन सत्तामा आएपछि ओलीको मात्र कुरा सुन्ने होइन ,हाम्रो पनि सुन्नुपर्छ भन्ने मूल सन्देश थियो प्रचण्डको अभिव्यक्ति ।
पछिल्लो समय नेपाल कम्युनिष्ट पार्टीका रुपमा उदाएको भीमकाय आकारको राजनीतिक शक्तिको हवीगत विस्तारै सतहमा आएको छ । माओवादी आतंकको बलमा स्थापित भएका पुष्पकमल दाहाल प्रचण्डले गएको साता एउटा टेलिभिजन कार्यक्रममा भने केपी शर्मा ओलीको कार्यशैली यस्तै हो भने अबको १५ महिनापछि सत्ताको बागडोर मलाई बुझाउनु पर्छ । एकाएक उनको अभिव्यक्ति सार्वजनिक भएपछि तत्कालिन एमाले बृत्तमा सुनामी आयो । ओलीका स्थायी प्रतिद्वन्दी कमरेड माधवकुमार नेपालले तत्कालै प्रचण्डको सातो लिने गरी खण्डन गरे । अर्का भित्रिया रक्षामन्त्री ईश्वर पोखरेलले पनि सैद्धान्तिक बहस भन्दा सत्तामा डुब्न खोजेको भन्दै प्रचण्डको हुर्मत लिने प्रयास गरे । स्वयं दिल्ली पुगेका बेला प्रधानमन्त्री ओली पनि यो बहसमा तानिए । ओलीले सञ्चारमाध्यममार्फत जवाफ फर्काए, मेरो म्याद चार पाँच दिन मात्र हो । यसरी द्यौसी खेल्ने काम भयो । प्रतिपक्षी नेपाली कांग्रेस भने रमित बनेको छ ।
यी त सतहमा देखिएका परिदृश्य मात्र हुन् । चुरो कुरो चाहिं यतिमै सीमित छैन । यसका फरक आयामलाई मिहिन ढंगले केलाइएन भने सही निश्कर्ष नआउन सक्छ । पहिलो कुरो प्रचण्डको अभिव्यक्ति त्यसै आएको होइन भन्ने बुझ्नु पर्र्छ । विगत हेरौं– प्रचण्डले आफूलाई स्थापित गर्न ककसलाई उपयोग गरे । ओली भारत गएका बेला उनको सत्ता प्रसंग बाहिरिनु फगत् संयोग होइन । उनी पार्टी भित्रकै असन्तुष्ट पक्षको आग्रहमा भारतीय पक्षलाई ओलीको हैसियत बुझिने गरी सन्देश दिइरहेका थिए । नरेन्द्र मोदी पुन सत्तामा आएपछि ओलीको मात्र कुरा सुन्ने होइन ,हाम्रो पनि सुन्नुपर्छ भन्ने मूल सन्देश थियो प्रचण्डको अभिव्यक्ति । प्रचण्ड त केवल प्रतिनिधि पात्र मात्र हुन । यसका पछाडि एमाले र माओवादी जुटाउने शक्ति केन्द्र नै लागि परेको अवस्था छ ।
दोस्रो महत्वपूर्ण पक्ष पनि छ यो प्रकरणलाई बुझ्ने । फितलो तर्क नै सही यो ओली प्रचण्डको मिलिभगत हो । पार्टीभित्र बिरोधीको दवाव बढ्न थालेपछि ओली वचाउको अवस्थामा छन् । पार्टी एकीकरण प्रक्रियालाई निर्णायक बिन्दूमा पु¥याउन सकिरहेका छैनन् । प्रचण्ड र ओलीबीचको पुरानो समझदारी देखाएर विरोधी तर्साउने चाला पनि हुन सक्छ । दुबैजनाको मिलेमतोमा आफ्नो अभिष्ट पूरा गर्न पनि यस्तो नाटक मञ्चन गरेको हुन सक्छ । हिन्दीमा एउटा कहावत छ नि– तिर एक तरफ निशाना दुसरी तरफ । तर यसको सम्भावना एकदमै न्यून छ ।
कम्युनिष्ट भनेकै फुट्नका लागि जुट्ने हो । अब बेला हुन लागेको छ ने क पा विभाजन । यसैका लागि पार्टी भित्र नयाँ नयाँ समीकरण बनाइएका छन् । हिजोसम्म प्रचण्डका सारथी रामबहादुर थापा बादललाई एकाएक ओलीको दाहिना बनाइएको छ । उता, नारायणकाजी श्रेष्ठलाई माधव नेपालको गुटमा छिराइएको छ । स्वयं प्रचण्डका कृष्ण बनेका छन् वामदेव गौतम । यो सबै शक्ति केन्द्रको डिजाइनमा तयार गरिएको नयाँ समीकरण हो ।
पछिल्लो सम्भावना त्यति बलियो नहुँदा राजनीतिले स्वभाविक कोर्ष लिन्छ नै । अब ने क पा भन्ने पार्टीको रुप र हैसियत यही रहने छैन । किनभने नेपालको राजनीति नेपाली नेताले चलाउने अवस्था अझै निर्माण भइसकेको छैन । नत्र दुईतिहाई समर्थन प्राप्त सरकारको कार्यशैली यस्तो कमजोर हुने हो त ? ठूला देखिएका हरेक नेता कुनै न कुनै शक्ति केन्द्रको गोटी मात्र हुन् । यसलाई पुष्टी गर्न ओली सरकारको निरिहपन नै काफी छ । गएको चुनावमा दुई शक्ति केन्द्रको स्वार्थ मिलेकाले एमाले र माओवादीबीच कार्यगत एकता भएको हो । चुनावमा अलग अलग चिन्ह लिएर जानुको अर्थ त्यही हो । दुबै पार्टीबीच एकता भन्दा कार्यगत एकताको पक्षमा थियो – शक्ति केन्द्र । त्यसको राम्रो जानकारी ओली र प्रचण्डलाई नभएको होइन । प्रकारान्तरले नसोचेको जनमत आयो । अब ओली र प्रचण्डलाई पार्टी एकताको दवाव कार्यकर्ता तहबाट बढ्यो । तर शक्ति केन्द्र त्यो चाहँदैन । नेपालमा शक्तिशाली कम्युनिष्ट सरकार निरन्तर रहोस् भन्ने चाहना उसको कीमार्थ हुन सक्दैन । त्यसैले अब पार्टी एकता प्रक्रियालाई अवरुद्ध गर्न सत्ता हस्तान्तरण प्रकरण सतहमा ल्याइएको हो ।
स्वभाविक छ – कम्युनिष्ट भनेकै फुट्नका लागि जुट्ने हो । अब बेला हुन लागेको छ ने क पा विभाजन । यसैका लागि पार्टी भित्र नयाँ नयाँ समीकरण बनाइएका छन् । हिजोसम्म प्रचण्डका सारथी रामबहादुर थापा बादललाई एकाएक ओलीको दाहिना बनाइएको छ । उता, नारायणकाजी श्रेष्ठलाई माधव नेपालको गुटमा छिराइएको छ । स्वयं प्रचण्डका कृष्ण बनेका छन् वामदेव गौतम । यो सबै शक्ति केन्द्रको डिजाइनमा तयार गरिएको नयाँ समीकरण हो ।
०७५ जेठ २ गते शक्ति केन्द्रको इच्छा र चाहनामा एमाले र माओवादीबीच पार्टी एकीकरणका लागि पाँच बुँदे लिखित सहमति भएको थियो । जसमा एउटा बुँदामा समानता र समान अवधिका आधारमा आवश्यकता अनुरुप दुबै अध्यक्षले सरकारको नेतृत्व गर्ने भन्ने थियो । अहिले यही बुँदालाई देखाएर शक्ति केन्द्रले ने क पा भित्र राम्रै धक्का दिन लागेको छ । रुपमा पार्टी भित्र आफ्नो उपस्थिति बलियो बनाउन एकले अर्कालाई दवाव दिन खोजेको देखाउन खोजिएपनि सारमा भने शक्ति केन्द्रको नयाँ रणनीति नै हो । अब सग्लो ने क पा को उपस्थिति उसका लागि रुचिको विषय रहेन ।
प्रचण्डलाई पनि आलोपालो गरी प्रधानमन्त्री बनाउने प्रस्ताव ओलीमार्फत नै शक्ति केन्द्रले गराएको थियो । तर उसको अभिष्ट पूरा गर्ने पक्षमा ओली गुटले थोरै मात्र रुचि देखाएकाले पनि हुनसक्छ यो प्रसंग वाहिर ल्याइएको । हुनसक्छ शक्ति केन्द्रले प्रचण्डमार्फत दवाव बढाएर ओलीबाटै काम पूरा गरोस् । त्यो स्थिति निर्माण भयो भने ओली पाँच वर्षका लागि प्रधानमन्त्री पदमा सुरक्षित हुन सक्छन् । यसका लागि आगामी महाधिवेशन सहमतिमा गरी प्रचण्डलाई पार्टी अध्यक्ष दिनुपर्ने सर्त रहन सक्छ ।
यति हुँदाहुदै पनि सग्लो ने क पा शक्ति केन्द्रको टाउको दुखाइ हुनसक्छ । तत्काल प्रचण्डको भूत देखाएर तर्साउने र अन्त्यमा पार्टी नै विभाजन गरिदिने उसको रणनीति हो । नेपालको मात्र होइन अन्यत्रको पनि कम्युनिष्ट चरित्र भनेको विभाजनमा रमाउने हो । त्यसैले अहिलेकै अवस्थामा ने क पा लामो समय रहला भन्ने सोच्नु कि त कम्युनिष्ट आन्दोलनको इतिहास थाहा नपाउनु हो या अब नेपालबाट कम्युनिष्ट नामको शक्ति नै नरहनु हो ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपयातायातमा नयाँ हाकिम: पुराना कर्मचारी फर्किएपछि नक्कली लाइसेन्स छानबिनको फाइल हरायो
माघ ११, २०८१ शुक्रबार
पूर्व उपराष्ट्रपतिलाई राजनीतिमा फर्काउन माओवादीभित्रै दुई धार, प्रचण्ड मौन !
माघ ११, २०८१ शुक्रबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
वैदेशिक रोजगारीमा रहेकालाई दूतावासको विशेष काउन्टर सेवा
माघ १२, २०८१ शनिबार
लहान नगरपालिकाविरुद्ध किसानहरुको विशाल जनप्रदर्शन, खुटी नहरमा गाडे झन्डा
माघ १२, २०८१ शनिबार
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार