धोवीखोला नदीभित्र किन पस्यो स्काभेटर ? (फाेटाे फिचर)
इन्द्र रिजाल
जेठ १९, २०७६ आइतबार २३:३८:२६
काठमाडौं । काठमाडौं उपत्यकाको सभ्यता तथा धार्मिक महत्व बोकेको बाग्मती नदी स्वच्छ र सुन्दर हुने प्रक्रियामा नै छ । उपत्यका हुँदै बग्ने बाग्मती नदी र यसका सहायक नदीहरुमा वर्षैं पहिलेदेखि सहरका ढल सोझै मिसाइंदा नदी दुसित हुँदै आएपछि खोला सफा गर्न भन्दै डोजर(स्काभेटर) कुद्न थालेको छ । यसरी स्काभेटर कुदाउँदा नदी सफा त होला तर त्यही नदीमा जग खनेर बनाइएका बाटोका पर्खालहरुमा गम्भिर धक्का र कम्पन परिरहेको स्थानीयहरु बताउँछन् ।
बाग्मतीमा मिसिने ढललाई मात्र रोकेर नदी सफा नहुने अधिकार सम्पन्न बागमती सभ्यता एकिकृत विकास समितिका उप–आयोजना प्रमुख योगेन्द्र चित्रकारले बताएका छन् ।
‘बाग्मती नदीका सहायक नदी उपत्यका भित्र ७ वटा छन् । वागमती नदिका सहायक नदिहरु टुकुचा, इच्छुमती, मनहरा, बल्खु, नख्खु, गोदावरी, हनुमन्ते, साङ्ला खोला नदीमा मिसिने ढललाई पनि रोक्न सकेमा बाग्मती नदी स्वच्छ र सुन्दर हुनेछ ।
बाग्मतीलाई स्वच्छ र सुन्दर बनाउनका लागि बाग्मती, बिष्णुमती र धोबीखोलामा मिसिने ढललाई नदीमा मिसिन्न नदिने प्रक्रियामा समितिले डाजर लगाएर काम गरिरहेको छ ।
नदीमा मिसिने ढललाई रोक्न सुन्दरीजल–गोकर्ण खण्डको बाग्मती नदी २०४५ सालको नापीसँग मेल खाएको थिएन । सो खण्डको ८.५ किलोमिटर बहाव क्षेत्रलाई पुरानै नापीअनुसार धार परिवर्तन गरिसकिएको छ ।
बाग्मती, धोबीखोल र बिष्णुमतीको उपत्यका भित्रको लम्बाई बाग्मती –२८ किलोमिटर, बिष्णुमती – १७.३ किलोमिटर, धोवी खोला–१८.२ किलोमिटर रहेको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपबालविवाह घटाउन बाँकेका युवा सक्रिय
पुष २४, २०८१ बुधबार
सङ्खुवासभाको मकालु क्षेत्रमा हिमपात, जनजीवन प्रभावित
पुष २४, २०८१ बुधबार
जुम्लाका सामुदायिक विद्यालयमा विज्ञान प्रयोगशाला
पुष २४, २०८१ बुधबार
पर्साका विपन्न तीन सय जनालाई कम्बल वितरण
पुष २४, २०८१ बुधबार
धनुर्मास पूजापछि खुल्यो पशुपतिनाथ मन्दिर, गरियो आरती
पुष २४, २०८१ बुधबार
पर्वतबाट बहुमूल्य जडीबुटीको चोरीनिकासी बढ्दो
पुष २४, २०८१ बुधबार