नेपाली कांगेस प्रवक्ता भन्छन, ‘सङ्गठनलाई मजबुत बनाउनुपर्छ’
इन्द्र रिजाल
जेठ १९, २०७६ सोमबार ४:४१:३६
काठमाडौं । नेपाली काग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सङ्गठनलाई मजबुत बनाए मात्र कांग्रेस मुलुकमा बलियो हुने बताए ।
पाल्पाको सदरमुकाम तानसेनमा कांगेस जनजागरण प्रशिक्षणमूलक अभियानमा उनले सङ्गठनलाई मजबुत बनाउँदै जनताको पक्षमा जनलहर सिर्जना गर्न प्रशिक्षण महत्वपूर्ण रहेको बताए ।
कांग्रेस सरकारको समयमा मुलुकमा सङ्घ, प्रदेश र स्थानीय तह गरी तीन तहको निर्वाचन सम्पन्न भएपनि संविधान कार्यान्वयन गर्ने समयमा पार्टी प्रतिपक्षमा बस्नु परेकाले हुँदा यसबाट पाठ सिकेर अगाडि बढ्नुपर्ने बेला आएको उनले बताए ।
विसं २०४६ को पञ्चायत शासनपछि विकास निर्माणमा आमूल परिवर्तन गर्दै शिक्षा, स्वास्थ्य, सञ्चार, सडक, खानेपानी लगायतका विकासका पूर्वाधारमा कांग्रेस सरकारले मुलुकमा आमूल परिवर्तन गरेको उनले बताए । राम्रा कामको जनता माझ प्रचारप्रसार गर्न नसक्दा कांग्रेसलाई क्षति पुगेको प्रवक्ता शर्माको भनाइ छ ।
कार्यक्रममा नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य तथा जनजागरण अभियानका प्रतिनिधि बालकृष्ण पाण्डेयले देशव्यापी रुपमा भएको जागरण अभियानले पार्टीलाई सशक्त बनाउने बताए ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपयातायातमा नयाँ हाकिम: पुराना कर्मचारी फर्किएपछि नक्कली लाइसेन्स छानबिनको फाइल हरायो
माघ ११, २०८१ शुक्रबार
पूर्व उपराष्ट्रपतिलाई राजनीतिमा फर्काउन माओवादीभित्रै दुई धार, प्रचण्ड मौन !
माघ ११, २०८१ शुक्रबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
वैदेशिक रोजगारीमा रहेकालाई दूतावासको विशेष काउन्टर सेवा
माघ १२, २०८१ शनिबार
लहान नगरपालिकाविरुद्ध किसानहरुको विशाल जनप्रदर्शन, खुटी नहरमा गाडे झन्डा
माघ १२, २०८१ शनिबार
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार