किन हुवावेले कम्पनीबाटै निष्काशन गर्यो अमेरिकी कर्मचारी ? [कारण यस्तो छ]
इन्द्र रिजाल
जेठ २०, २०७६ सोमबार १६:५१:२९
एजेन्सी । चिनियाँ कम्पनी दूरसञ्चार हुवावेले अमेरिकी नागरिकलाई जागिरबाट हटाएको छ । अमेरिकासँगको सम्बन्ध बिग्रँदै गइरहेका बेला हुवावेले केन्द्रीय कार्यालय सेन्जेनमा काम गर्ने अमेरिकी नागरिकलाई जागिरबाट हटाएको हो ।
अन्तराष्ट्रिय सञ्चारमाध्यमको अनुसार अमेरिकाले हुवावे कम्पनीलाई कालो सूचीमा राखेपछि हुवावेले उक्त निर्णय लिएको हो । अेमेरिकी कम्पनी गुगलले हुवावेमाथि आफ्ना उत्पादन प्रयोग गर्न रोक लगाएपछि हुवावेले आफ्ना कर्मचारीलाई अमेरिकी कम्पनीसँग कुनै प्रकारको प्राविधिक बैठक नगर्न निर्देशन समेत दिएको छ ।
यसले चीन र अमेरिकाबीचको व्यापार युद्ध बढ्ने अनुमान गरिएको छ । अमेरिकाले चीनमाथि बौद्धिक सम्पत्ति तथा प्रविधिको चोरी गरेको आरोप पनि लगाउँदै आएको छ ।
अमेरिकाले हुवावेको फाइभ ९जी प्रविधि देशका लागि सुरक्षा जोखिम भएको बताउँदै आफ्ना निकटस्थ राष्ट्रलाई उक्त प्रविधि जडान नगर्न आग्रह गरिसकेको छ ।
अमेरिकाले हुवावेलाई कालोसुचीमा राख्ने निणर्य गरेसँगै गुगलले आफ्नो सेवामा रोक लगाइसकेको छ । आगामी दिनमा हुवावेले निर्माण गर्ने मोइबाइलमा गुगलका गुगल प्लेस्टोर, गुगल सर्च, गुगल म्याप, गुगल क्रोम, युट्युब, जिमेल लगायतका एप्सहरू हुने छैनन् ।
गुगलको आफ्नो सेवामा रोक लगाएपछि हुवावेले विश्वव्यापी ग्राहकका लागि सुरक्षित र भरपर्दो सफ्टवेयर बनाउने जनाइसकेको छ ।
यसअघि हुवावे संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत रेन जेङ्फीले अमेरिकाले आफ्नो कम्पनीलाई कमजोर सोचेको भन्दै आफ्नो कम्पनीको हुवावेको फाइभ ९जी सेवालाई भविष्यमा कसैले पनि चुनौती दिन नसक्ने दाबी गरेका थिए ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपके तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
मध्यपहाडी लोकमार्ग अन्तर्गत बागलुङ र पर्वतमा पाँच पुल बन्दै
मंसिर १३, २०८१ बिहिबार
बाढीले पुल बगाएपछि फोक्सिङटारमा अस्थायी बेलिब्रिज
मंसिर १३, २०८१ बिहिबार
सूचना आयोगले प्रधानमन्त्रीसमक्ष बुझायो वार्षिक प्रतिवेदन
मंसिर १३, २०८१ बिहिबार
परराष्ट्रमन्त्री डा राणा चीन प्रस्थान
मंसिर १३, २०८१ बिहिबार
तीन युवा ‘युवा भाषा वैज्ञानिक पुरस्कार’बाट पुरस्कृत
मंसिर १३, २०८१ बिहिबार
मकवानपुरमा कुटपिटबाट एकको मृत्यु
मंसिर १३, २०८१ बिहिबार