आर्थिक अभावमा तुलसा र हिरेन्द्र शाही उपचारबाट वञ्चित
इन्द्र रिजाल
जेठ २१, २०७६ मंगलबार १६:४८:४८
राँझा । बाँकेको राप्ती सोनारी गाउँपलिका–७ लालपुरमा क्यान्सर र मिर्गौला रोगबाट पीडित आमाछोरा उपचारबाट वञ्चित भएका छन् । आर्थिक अभावमा ६० वर्षीया तुलसा शाही र २४ वर्षीय छोरा हिरेन्द्र शाही उपचारबाट वञ्चित भएका हुन् ।
तुलसा फोक्सोको क्यान्सरबाट पीडित छन् भने उनको छोरा हिरेन्द्रको दुवै मिर्गौलामा समस्या देखिएको छ । दुबै जनाको उपचार गर्न निकै समस्या भएको मिर्गौला पीडित शाहीकी भाउजु बिमला शाहीले बताए। उनका अनुसार लामो समयसम्म बिरामी पर्नुभएकी तुलसालाई गत असोजमा स्वास्थ्य जाँच गराउँदा क्यान्सर देखिएको हो । भारतमा मजदुरी गर्दै आएका हिरेन्द्रलाई मिर्गौलाको समस्या देखिएको हो ।
“सासु र देवरको उपचार गराउँदैमा सवै रकम सकियो”, बिमलाले भने, “अहिले ? पाँच लाख ऋणमा छौँ ।” उनले विभिन्न सहयोगीका भरमा देवरको नियमित डायलसिस गराउँदै आएको बताए । अहिले हिरेन्द्रको मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा डायलसिस गरिँदै आएको छ ।
क्यान्सर पीडित तुलसालाई दुई पटकसम्म ‘किमो’ गरिएको छ । “अहिले आर्थिक अभावका कारण उपचार गर्न सकिएको छैन”, बिमलाले भने । उनले आर्थिक सहयोगका लागि विभिन्न निकाय तथा व्यक्तिलाई गुहार्दै आएका छन् ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपबालविवाह घटाउन बाँकेका युवा सक्रिय
पुष २४, २०८१ बुधबार
सङ्खुवासभाको मकालु क्षेत्रमा हिमपात, जनजीवन प्रभावित
पुष २४, २०८१ बुधबार
धनुर्मास पूजापछि खुल्यो पशुपतिनाथ मन्दिर, गरियो आरती
पुष २४, २०८१ बुधबार
पर्वतबाट बहुमूल्य जडीबुटीको चोरीनिकासी बढ्दो
पुष २४, २०८१ बुधबार
हेटौंडा औद्योगिक क्षेत्रमा थपिए दुई उद्योग
पुष २४, २०८१ बुधबार
बढ्दो मानव–हात्ती द्वन्द्व: २० वर्षमा २ सय ७४ जनाको मृत्यु
पुष २४, २०८१ बुधबार