बन्दका दिनमा पनि सांग्रिला बैंक खुल्ला रहनेछ (हेर्नुहोस् समयतालिका)
इन्द्र रिजाल
जेठ २१, २०७६ मंगलबार १९:२३:४०
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले विभिन्न शाखा कार्यालयहरुबाट संध्याकालिन काउण्टर (Evening Counter) तथा होलिडे काउण्टर (Holiday Counter) संचालन गर्दै आएको जानकारी दिएको छ । ग्राहकवर्गको माग तथा सुविधालाई मध्यनजर गर्दै देशभरका विभिन्न शाखा कार्यालयहरुमा यहि मिति २०७६/०२/१५ गते देखि संध्याकालिन काउण्टर तथा २०७६/०२/१८ गतेदेखि होलीडे काउन्टरको सुविधाहरु थप गरिएको जानकारी दिएको छ । बैंकका ८५ ओटा शाखा कार्यालयहरु तथा २४ वटा ए.टी.एम.हरुबाट ग्राहकहरुलाई बैंकिङ सेवा प्रदान गर्दै आएको जनाएको छ ।
बैंकले थप १३ ओटा शाखा कार्यलयबाट संध्याकालिन काउण्टर तथा होलीडे काउण्टरहरु संचालनमा ल्याएको छ । थप गरिएका संध्याकालिन तथा होलीडे काउण्टरहरु मध्ये काठमान्डाैं उपत्यका भित्र ४ ओटा शाखाहरु रहेका छन् । थप गरिएका संध्याकालीन तथा होलीडे काउन्टर सहित देशभरमा जम्मा १७ ओटा शाखाहरुबाट संध्यकालीन काउण्टर तथा जम्मा २१ ओटा शाखाहरुबाट होलिडे काउण्टर संचालन गरि ग्राहकवर्गलाई बैंकिङ सेवा प्रदान गरिएको व्यहोरा जानकारी गराएको छ ।
सार्वजनिक विदाको समयमा पनि बैंकिङ सेवा प्रदान गर्न शुरु गरेको यस विकास बैंकको होलिडे काउण्टर सेवा अन्तर्गत काठमाण्डौ तथा पोखरा उपत्यका एवं बाँके र कैलाली क्षेत्रमा विभिन्न शाखाहरुबाट मिति २०७६/०२/१८ बिहान १० बजेदेखि ३ बजेसम्म ग्राहकवर्गको निम्ति बैंकिङ सेवा खुल्ला रहेको व्यहोरा समेत जानकारी गराएको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपबैंकिङ सेवालाई प्रतिस्पर्धी र व्यावसायिक बनाइनुपर्छः गभर्नर अधिकारी
कात्तिक ३०, २०८१ शुक्रबार
कस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर ?
भदौ २३, २०८१ आइतबार
राष्ट्र बैंकले दशैंमा नयाँ नोटको सट्टा सुकिला नोट दिने
भदौ १९, २०८१ बुधबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
हिउँदे अधिवेशनमा सरकारले नागरिकता र प्रहरीसहित ३ विधेयक पेश गर्ने
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
यस वर्षको एसइई परीक्षा आगामी चैत ७ गतेदेखि सञ्चालन हुने
माघ २, २०८१ बुधबार
क्यान्सरविरुद्धको एचपिभी सबै खोप नेपाल ल्याइयो
माघ २, २०८१ बुधबार
हरिवन नगरपालिकामा खानेपानी अभावमा काकाकुल छन् ९ सय बढी घर परिवार
माघ २, २०८१ बुधबार
स्वास्थ्य मन्त्रालयले ‘ह्युमन मेटाप्न्यूमो भाइरस’बारे अध्ययन गरिने
माघ २, २०८१ बुधबार
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो
माघ २, २०८१ बुधबार
सर्वाेच्चले रिट खारेज गरेसँगै अरुण चौधरीको सांसद पद जोगियो
माघ २, २०८१ बुधबार