प्रधानमन्त्री कप क्रिकेट : गन्डकी प्रदेशल ४ विकेटले पराजित !
इन्द्र रिजाल
जेठ २१, २०७६ मंगलबार २२:५२:४६
काठमाडौं । काठमाडौंमा जारी प्रधानमन्त्री राष्ट्रिय एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले गन्डकी प्रदेशललाई ४ विकेटले पराजित गरेको छ ।
मूलपानी क्रिकेट मैदानमा मंगलबार भएको समूह चरणको अन्तिम खेलमा टस जितेर पहिले ब्याटिङ गरेको गन्डकी प्रदेशले सुदूरपश्चिम प्रदेशलाई ९० रनको सामान्य लक्ष्य दिएको थियो ।
९० रनको विजयी लक्ष्य लिएर मैदान उत्रेको सुदूरपश्चिमले २९.२ ओभरमा ६ विकेट गुमाएर भेट्टायो । सुदूरपश्चिम प्रदेशको जितमा आकाश चन्दले अविजित २९ रनको योगदान दिए भने नरेन्द्र साउदले अविजित २३ तथा लोकेश बामले १५ रन बनाए ।
बलिङतर्फ गन्डकी प्रदेशका किशोर महतोले ३ विकेट लिँदा विपिन खत्रीले २ तथा दीपेश श्रेष्ठले १ विकेट लिए । त्यसअघि, पहिले ब्याटिङ गरको गन्डकी प्रदेश २०.४ ओभरमा सबै विकेट गुमाउँदै ८९ रनमा समेटिएको थियो ।
गन्डकी प्रदेशका लागि राहुल शर्माले सर्वा्धिक ४१ रन जोडे भने किशोर महतोले १४ रन तथा आकाश थापाले १२ रन जोडे । गन्डकी प्रदेशलाई सस्तैमा समेट्नेक्रममा सुदूरपश्चिमका विनोद लामाले व्यक्तिगत ५ विकेट लिएका थिए ।
जितसँगै समूह ‘क’मा रहेको सुदूरपश्चिमले ४ खेलबाट ३ अंक जोड्यो । पराजित गन्डकी प्रदेश जितविहीन रहँदै प्रतियोगिताबाट बाहिरियो । समूह ‘क’बाट प्रदेश नम्बर–३ र एपीएफ सेमिफाइनलमा प्रवेश गरिसकेका छन् ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपएलिट कपका लागि पुलिस क्लबको टोली घोषणा
पुष १९, २०८१ शुक्रबार
एलिट कपः सन्दीपको कप्तानीमा बागमतीको टोली घोषणा
पुष १८, २०८१ बिहिबार
एनपिएल विजेता जनकपुर बोल्ट्सको महोत्तरीमा ‘ट्रफी परेड’
पुष १३, २०८१ शनिबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
पुष २०, २०८१ शनिबार
सूर्यदर्शन सहकारी ठगीः रवि लामिछानेसहित सात प्रतिवादीहरूको थुनछेक बहस जारी
पुष २१, २०८१ आइतबार
हेलिकोप्टरबाट सुत्केरीको उद्धार
पुष २१, २०८१ आइतबार
ओलीको राजनीतिक प्रतिवेदनः अर्थतन्त्रले अपेक्षित गति लिन नसकेको स्वीकार
पुष २१, २०८१ आइतबार
खुम्बु क्षेत्रमा स्थानीयले हेलिप्याडमा झण्डा गाडेपछि रोकियो हेलिकप्टर उडान
पुष २१, २०८१ आइतबार
पर्वतमा आगलागीमा परी ७२ वर्षीया वृद्धाको मृत्यु
पुष २१, २०८१ आइतबार