विश्वकप क्रिकेट : उपाधिको दाबेदार दक्षिण अफ्रिका र भारत खेल्दै
इन्द्र रिजाल
जेठ २२, २०७६ बुधबार १४:१९:०
साउथ ह्याम्पटन । विश्वकप क्रिकेटमा बुधबार (आज) भारत र दक्षिण अफ्रिका खेल्दैछन । खेल इंग्ल्याण्डको साउथह्याम्पटनमा नेपाली समयअनुसार दिउँसो सवा ३ बजेपछि शुरु हुनेछ ।
दक्षिण अफ्रिकाले यसअघि लगातार दुई खेल हारेको छ भने उपाधि दाबेदार मानिएको भारत आज पहिलो खेल खेल्दैछ । दुई खेल हारेर कमजोर मानिएको दक्षिण अफ्रिकामाथि आज भारत हावी हुने अपेच्छा छ ।
उसका मुख्य हतियार मानिएका डेल स्टेन र लुंगी नेग्डी चोटका कारण बाहिरिएपछि दक्षिण अफ्रिकाको बलिङमा अर्को चुनौति थपिएको छ । व्याटिङतर्फ हसिम अमला, फाफ डुप्लेसिस, क्वीन्टन डीकक लगायतका स्टार व्याट्सम्यानले एकनासको प्रदर्शन गर्न सकेका छैनन ।
भारत बलिङ र व्याटिङ दुबैतर्फ उत्कृष्ट मानिएको टोली हो । अहिलेका सर्वाधिक सफल र उत्कृष्ट व्याट्सम्यान विराट कोहलीको कप्तानीमा रहेको भारतलाई विश्वकप जितिसकेको अनुभव बटुलेका महेन्द्रसिंह धोनीको साथ छ ।व्याटिङमा कोहली, धोनीका साथै रोहित शर्मा, शिखर धवन र लोकेश राहुल पनि उत्तिकै फर्ममा छन ।
बलिङतर्फ जस्प्रित बुम्राह, भुवनेश्वर कुमार, मोहम्मद शामीले जतिबेला पनि खेल आफ्नो पक्षमा पार्न सक्छन । स्पिनतर्फ युज्वेन्द्र चाहल, कुलदिप यादव र केदार जादव भारतका मुख्य हतियार हुन । उसो त टिममा रवीन्द्र जडेजा र हार्दिक पाण्डयाजस्ता अलराउण्डर पनि छन ।
यसपटकको उपाधि दाबेदारमा इंग्ल्याण्ड, अष्ट्रेलिया र भारत मानिएका छन । व्याटिङ, बलिङ र रणनीतिका हिसाबले अरुभन्दा भारतलाई मुख्य दाबेदार मानिएको छ । सन् २०१५ को विश्वकपमा भारत सेमीफाइनलमा अष्ट्रेलियासँग हारेपछि घर फर्किएको थियो । दक्षिण अफ्रिका भने न्युजिल्याण्डसँग पराजित भएर फाइनल पुग्नबाट बञ्चित भएको थियो ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपएलिट कपका लागि पुलिस क्लबको टोली घोषणा
पुष १९, २०८१ शुक्रबार
एलिट कपः सन्दीपको कप्तानीमा बागमतीको टोली घोषणा
पुष १८, २०८१ बिहिबार
एनपिएल विजेता जनकपुर बोल्ट्सको महोत्तरीमा ‘ट्रफी परेड’
पुष १३, २०८१ शनिबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
पुष २०, २०८१ शनिबार
सूर्यदर्शन सहकारी ठगीः रवि लामिछानेसहित सात प्रतिवादीहरूको थुनछेक बहस जारी
पुष २१, २०८१ आइतबार
एकताका लागि संवाद गर्न लोसपाले बनायो समिति
पुष २१, २०८१ आइतबार
हेलिकोप्टरबाट सुत्केरीको उद्धार
पुष २१, २०८१ आइतबार
ओलीको राजनीतिक प्रतिवेदनः अर्थतन्त्रले अपेक्षित गति लिन नसकेको स्वीकार
पुष २१, २०८१ आइतबार
खुम्बु क्षेत्रमा स्थानीयले हेलिप्याडमा झण्डा गाडेपछि रोकियो हेलिकप्टर उडान
पुष २१, २०८१ आइतबार