आज विश्व वातावरण दिवस, विविध कार्यक्रम गरि मनाईँदै
इन्द्र रिजाल
जेठ २२, २०७६ बुधबार १४:३७:१३
काठमाडौं । विश्व वातावरण दिवस वातावरण संरक्षणको आवश्यकता र अवस्थाबारे सचेतनामुलक कार्यक्रम गरी बुधबार नेपालमा पनि मनाईँदै छ । संयुक्त राष्ट्रसंघको आह्वानमा हरेक वर्ष जुन ५ मा यो दिवस मनाउने गरिन्छ ।
मानव जाति आफू बस्दै आएको वातारणको सर्जक र विनाशक दुवै रहेकाले वातारण संरक्षणमा मानवको भूमिका महत्वपूर्ण छ । यहि कुरालाई ध्यानमा राखेर वातावरण संरक्षणमा मानवीय भूमिकालाई प्रवल बनाउने उद्देश्यसहित दिवस मनाइन्छ ।
यस वर्ष वायु प्रदुषणलाई जितौँ भन्ने नारासहित दिवस मनाईँदै छ । वायु प्रदुषणका कारण मानव स्वास्थ्य र समग्र वातावरणमा खराब प्रभाव परेको सन्दर्भमा त्यसबाट मुक्त हुने प्रयासमा एकताबद्ध हुने आह्वान गर्दै यो नारा तय गरिएको हो ।
दिवसको अवसमारमा शुभकामना सन्देश दिँदै संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुट्रेसले विश्वमा अहिले हरित अर्थतन्त्रको खाँचो रहेको उल्लेख गरेका छन् । वातावरण संरक्षका लागि सक्रिय रुपमा काम गर्ने बेला आएको उनले उल्लेख गरेका छन् ।
यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले विकास वातावरणमैत्री हुनुपर्ने बताएका छन् । विश्व वातावरण दिवसका अवसरमा शुभकामना सन्देश दिँदै उनले विकास र वातावरणबिच सन्तुलन हुनसके मात्र उन्नति दीगो र मानव उपयोगी हुने उल्लेख गरेका छन् ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपबालविवाह घटाउन बाँकेका युवा सक्रिय
पुष २४, २०८१ बुधबार
सङ्खुवासभाको मकालु क्षेत्रमा हिमपात, जनजीवन प्रभावित
पुष २४, २०८१ बुधबार
पर्साका विपन्न तीन सय जनालाई कम्बल वितरण
पुष २४, २०८१ बुधबार
धनुर्मास पूजापछि खुल्यो पशुपतिनाथ मन्दिर, गरियो आरती
पुष २४, २०८१ बुधबार
पर्वतबाट बहुमूल्य जडीबुटीको चोरीनिकासी बढ्दो
पुष २४, २०८१ बुधबार
हेटौंडा औद्योगिक क्षेत्रमा थपिए दुई उद्योग
पुष २४, २०८१ बुधबार