अस्ट्रेलियाको डर्विनमा अन्धाधुन्ध गोली चल्दा ४ जनाको मृत्यु
इन्द्र रिजाल
जेठ २२, २०७६ बुधबार १४:४०:५०
एजेन्सी । अस्ट्रेलियाको डर्विनका विभिन्न पाँच स्थानमा एक बन्दुकधारीले गोली चलाउँदा चारजनाको ज्यान गएको छ ।घटनामा एकजना घाइते भएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
स्थानीय समय अनुसार मंगलबार बेलुका ६ बजेतिर पहिलो घटना भएको हो । त्यसको एक घण्टा भित्र घटनामा संलग्न भएको आरोपमा ४५ वर्षका एक व्यक्तिलाई प्रहरीले पक्रेको छ ।
ती व्यक्ति एक्लैले पाँचै स्थानमा गोली चलाएको प्रहरीले अनुमान गरेको छ । उनले स्थानीय मोटेल तथा बारहरुमा आक्रमण गरेका हुन् । प्रधानमन्त्री स्कट मोरिसन गोलीकाण्ड आतंककारी घटना नरहेको बताएका छन् ।
सन् १९९६ मा अस्ट्रेलियाले बन्दुक सम्बन्धी कानून कडा बनाएपछि सार्वजनिक स्थानमा हुने अन्धाधुन्ध गोली प्रहारका घटनामा कमी आएको थियो । मंगलबार बेलुका भएका घटनाहरु निकै कम हुने घटनामा पर्छन् ।
गएको जनवरीदेखि पेरोलमा रहेका आरोपित आक्रमणकारीले झण्डै २० राउण्ड गोली चलाएको बताइन्छ । ती व्यक्तिले स्थानीय मोटेल तथा बारमा पसेर अन्धाधुन्ध गोली चलाएको प्रत्यक्षदर्शीले बताएका छन् ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपज्येष्ठ नागरिकको अनुपातका आधारमा जापान शीर्ष स्थानमा
भदौ ३१, २०८१ सोमबार
फ्रान्स र इङ्ल्यान्डबीचको समुद्र पार गर्ने क्रममा आठ जनाको मृत्यु
भदौ ३१, २०८१ सोमबार
सहकारी ठगी प्रकरणः रवि लामिछानेलाई दोषी किटान गर्दै प्रतिवेदन बुझाइँदै
भदौ ३१, २०८१ सोमबार
ट्रम्पमाथि फेरी हमलाको प्रयास
भदौ ३१, २०८१ सोमबार
डीएसपी सरुवाः इन्चार्जमा ३० सीट तर सयभन्दा बढीको दावी
भदौ ३१, २०८१ सोमबार
भारतको सहयोगमा निर्मित महेन्द्र शान्ति माध्यमिक विद्यालय भवनको उद्घाटन
भदौ ३१, २०८१ सोमबार
कांग्रेस लुम्बिनी प्रदेशसभा सचेतक गिरीले दिइन् पदबाट राजीनामा
भदौ ३१, २०८१ सोमबार
सातौं बेलबारी अन्तराष्ट्रिय गोल्डकप हुँदै
भदौ ३१, २०८१ सोमबार
कास्की प्रहरीद्वारा ८६ जना फरार प्रतिवादी पक्राउ
भदौ ३१, २०८१ सोमबार
तथ्यहीन प्रचारबाजी नगर्न युट्युबरलाई काउन्सिलको दिर्नेशन
भदौ ३१, २०८१ सोमबार
कोशी प्रदेश सरकारले संविधान दिवस–२०८१ तीन दिन मनाउने
भदौ ३१, २०८१ सोमबार