विश्व वातावरण दिवसमा चन्द्रगढी सामुदायिकमा वृक्षरोपण
इन्द्र रिजाल
जेठ २२, २०७६ बुधबार १६:५२:५६
भद्रपुर । विश्व वातावरण दिवसका अवसर पारेर आज चन्द्रगढी सामुदायिक वनको परिसरमा जिल्लाका सबै सरकारी कर्मचारी, राजनीतिक दलका प्रतिनिधि, सुरक्षाकर्मी तथा स्थानीयवासी भएर वृक्षरोपण गरेका छन् ।
डिभिजन वन कार्यालय र सामुदायिक वनको संयुक्तरूपमा आयोजित कार्यक्रममा पानीसाझ र लामपाते जातका बिरुवा रोपिएको छ ।
१२ बिघा क्षेत्रफलमा रहेको सो सामुदायिक वनको चार बिघा जग्गामा प्रदेश नं १ का सांसद गोपाल बुढाथोकी, जिल्ला समन्यव समितिका संयोजक सोेमनाथ पार्तेल, प्रमुख जिल्ला अधिकारी जनकराज दाहाललगायत जिल्लाका सबै कार्यालयका प्रमुखले बिरुवा रोपेका हुन्।
बिरुवा रोपेर त्यसै नछाड्न आग्रह गर्दै सांसद बुढाथोकीले निरन्तर अनुगमन र बिरुवाकोे रेखदेख गर्न सामुदायिक वनका कर्मचारी र पदाधिकारीलाई अनुरोध गरेका छन् ।
डिभिजन वन कार्यालयका प्रमुख विष्णुलाल घिमिरेले ताप्लेजुङ जिल्लाबाट मगाएर झापामा परीक्षणका लागि लामपाते जातको बिरुवा चाँडै हुर्कने, काठ पनि राम्रो हुने र अक्सिजन बढी दिने हुँदा रोपिएको बताए।
कार्यक्रमैस्थलमै डिभिजन वन कार्यालयले प्रत्येक व्यक्तिलाई मेवा, आँप, लिचीलगायत बिरुवा वितरण गरेको थियो । जिल्लाका १५ स्थानीय तहले वृक्षरोपण र सरसफाइ कार्यक्रम गरेर वातावरण दिवस मनाएका हुन् ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपबालविवाह घटाउन बाँकेका युवा सक्रिय
पुष २४, २०८१ बुधबार
सङ्खुवासभाको मकालु क्षेत्रमा हिमपात, जनजीवन प्रभावित
पुष २४, २०८१ बुधबार
पर्साका विपन्न तीन सय जनालाई कम्बल वितरण
पुष २४, २०८१ बुधबार
धनुर्मास पूजापछि खुल्यो पशुपतिनाथ मन्दिर, गरियो आरती
पुष २४, २०८१ बुधबार
पर्वतबाट बहुमूल्य जडीबुटीको चोरीनिकासी बढ्दो
पुष २४, २०८१ बुधबार
हेटौंडा औद्योगिक क्षेत्रमा थपिए दुई उद्योग
पुष २४, २०८१ बुधबार