विश्व वातावरण दिवसमा बार परिसरमा रोपियो रुद्राक्षको बिरुवा
इन्द्र रिजाल
जेठ २२, २०७६ बुधबार १८:५६:२३
काठमाडौं । विश्व वातावरण दिवसका अवसरमा नेपाल बार एशोसिएशनको परिसरमा रुद्राक्षको बिरुवा रोपिएको छ ।वातावरणको संरक्षण गर्ने उद्देश्यले नेपाल बार एशोसिएशन तथा सर्वोच्च अदालत बार एशोसिएशनको वातावरण तथा कानून विभाग र प्राकृतिक संरक्षक समाजले संयुक्तरुपमा बार एशोसिएशनको परिसरमा रुद्राक्षको बिरुवा रोपेका हुन्।
बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठ, सर्वोच्च अदालत बारका अध्यक्ष खगेन्द्रप्रसाद अधिकारी र समाजका अध्यक्ष तथा पूर्वप्रधानसेनापति रुक्माङ्गत कटवालले सर्वोच्च अदालत र बार एशोसिएशन वरिपरि बिरुवा रोपिएको हो ।
बारका अध्यक्ष श्रेष्ठले शहरी वातावरण मानिसका लागि उपयुक्त नभएको हुँदा उपयुक्त वातावरणको सिर्जना सबैले मिलेर गर्नुपर्ने धारणा राखे।
सर्वोच्च अदालत बारका अध्यक्ष अधिकारीले बार परिसरमा खैनी, चुरोट र सुर्तीजन्य पद्धार्थको प्रयोगमा निषेध लगाउनुपर्ने बताए । समाजका अध्यक्ष कटवालले आफ्नो र आफ्नो सन्ततिका लागि वातावरण जोगाउनुपर्ने र हरियाली राख्नुपर्नेमा जोड दिए । उनले वातावरण संरक्षण गर्न प्रतीकका रुपमा कार्यक्रममा उपस्थित सबैलाई कागतीको बिरुवा प्रदान गरेका थिए ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपबालविवाह घटाउन बाँकेका युवा सक्रिय
पुष २४, २०८१ बुधबार
सङ्खुवासभाको मकालु क्षेत्रमा हिमपात, जनजीवन प्रभावित
पुष २४, २०८१ बुधबार
धनुर्मास पूजापछि खुल्यो पशुपतिनाथ मन्दिर, गरियो आरती
पुष २४, २०८१ बुधबार
पर्वतबाट बहुमूल्य जडीबुटीको चोरीनिकासी बढ्दो
पुष २४, २०८१ बुधबार
हेटौंडा औद्योगिक क्षेत्रमा थपिए दुई उद्योग
पुष २४, २०८१ बुधबार
बढ्दो मानव–हात्ती द्वन्द्व: २० वर्षमा २ सय ७४ जनाको मृत्यु
पुष २४, २०८१ बुधबार