बर्दियामा तीन घाइते र झण्डै चार दर्जन घरमा क्षति
इन्द्र रिजाल
जेठ २४, २०७६ शुक्रबार १६:३६:३४
राजापुर । बिहीबार ‘हिजो’ राति आएको हावाहुरीले बर्दियामा तीन जना घाइते हुनुका साथै झण्डै चार दर्जन घरमा क्षति भएको छ । राजापुर नगरपालिका–२ का २० वर्षीया अनु थारूको टाउकोमा चोट लागेको छ ।
सोही समयमा नै बासगढी नगरपालिका २७ वर्षीया सुनिता विक र निजका पाँच वर्षीय छोरा नारायण विकको हातखुट्टामा चोट लागेको प्रहरी नायब उपरीक्षक मदनजित महराले बताए ।
घाइते विक र थारूको कोहलपुर मेडिकल कलेज बाँकेमा उपचार भइरहेको उनले जानकारी दिए । करीब एक घण्टा चलेको हुरीले जिल्लाको जनजीवन प्रभावित भएको छ । हावाहुरीको समयमा घरका जस्तापाता लागेर र घरको भित्ता ढलेर घाइते भएका हुन् ।
हावाहुरीले राजापुर नगरपालिका, बारबर्दिया नगरपालिका, मधुवन नगरपालिका, बासगढी नगरपालिका र गेरुवा गाउँपालिकामा बढी क्षति पु¥याएको छ । हावाहुरीबाट भएको क्षतिको विवरण सङ्कलन भइरहेकाले क्षतिको यकिन विवरण आउन बाँकी छ ।
हाल जिल्लाभर विद्युत् आपूर्ति ठप्प छ । टेलिफोन र इन्टरनेट सेवा अवरुद्ध भएको रहेको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले बताए ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपबालविवाह घटाउन बाँकेका युवा सक्रिय
पुष २४, २०८१ बुधबार
सङ्खुवासभाको मकालु क्षेत्रमा हिमपात, जनजीवन प्रभावित
पुष २४, २०८१ बुधबार
पर्साका विपन्न तीन सय जनालाई कम्बल वितरण
पुष २४, २०८१ बुधबार
धनुर्मास पूजापछि खुल्यो पशुपतिनाथ मन्दिर, गरियो आरती
पुष २४, २०८१ बुधबार
पर्वतबाट बहुमूल्य जडीबुटीको चोरीनिकासी बढ्दो
पुष २४, २०८१ बुधबार
हेटौंडा औद्योगिक क्षेत्रमा थपिए दुई उद्योग
पुष २४, २०८१ बुधबार