युरो कप छनोटमा टर्कीसंग विश्व विजेता फ्रान्स स्तब्ध
इन्द्र रिजाल
जेठ २६, २०७६ आइतबार १३:३८:१९
एजेन्सी । युरो कप छनोटमा टर्कीले फ्रान्सलाई स्तब्ध पारेको छ । युरो छनोटमा लगातार तेस्रो जित निकाल्ने क्रममा आईतबार राति टर्कीले फ्रान्सलाई २–० ले हराएको हो ।
कान आयहानले खेलको ३० औ मिनेटमा घरेलु मैदानमा टर्कीलाई सुरुवाती अग्रता दिलाएका थिए । सेन्गिज अन्डरले ४० औ मिनेटमा टर्कीका लागि दोस्रो गोल गर्दै विश्व विजेता फ्रान्सलाई स्तब्ध बनाए ।
जितपछि टर्की ३ खेलमा सतप्रतिशत जित सहित ९ अंक बनाएर समुह एचको शीर्ष स्थानमा उक्लिएको छ । दोस्रो स्थानको फ्रान्सले दुई जित र एक हारको नतिजा ब्यहोरेको छ ।
फ्रान्सले अब समुह चरणको चौथो खेलमा एन्डोरासंग मंगलबार खेल्नेछ । टर्कीले सोही दिन आईसल्याण्डसंग खेल्नेछ ।समुह एचकै अन्य खेलमा आईसल्याण्डले अल्बानियालाई र माल्डोभाले एन्डोरालाई समान १–० ले हराए ।
आईसल्याण्डले ६ अंक बनाएपनि गोल अन्तरका आधारमा फ्रान्सभन्दा तल तेस्रो स्थानमा रह्यो । माल्डोभाले समेत समुह चरणमा पहिलो जित दर्ता ग¥यो । एन्डोरा ंअंक विहिन हुदै तालिको पुछारमा छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपराष्ट्रिय पुरुष फुटबल टिमको मुख्य प्रशिक्षकका लागि दरखास्त आव्हान
भदौ ३१, २०८१ सोमबार
चार लाख राशीको मातातीर्थ गोल्डकप असोज पहिलो सातादेखि
भदौ ३१, २०८१ सोमबार
सामाजिक सञ्जालमा रोनाल्डोका एक अर्ब फलोअर्स नाघे
भदौ २८, २०८१ शुक्रबार
सहकारी ठगी प्रकरणः रवि लामिछानेलाई दोषी किटान गर्दै प्रतिवेदन बुझाइँदै
भदौ ३१, २०८१ सोमबार
ट्रम्पमाथि फेरी हमलाको प्रयास
भदौ ३१, २०८१ सोमबार
डीएसपी सरुवाः इन्चार्जमा ३० सीट तर सयभन्दा बढीको दावी
भदौ ३१, २०८१ सोमबार
भारतको सहयोगमा निर्मित महेन्द्र शान्ति माध्यमिक विद्यालय भवनको उद्घाटन
भदौ ३१, २०८१ सोमबार
कांग्रेस लुम्बिनी प्रदेशसभा सचेतक गिरीले दिइन् पदबाट राजीनामा
भदौ ३१, २०८१ सोमबार
सातौं बेलबारी अन्तराष्ट्रिय गोल्डकप हुँदै
भदौ ३१, २०८१ सोमबार
कास्की प्रहरीद्वारा ८६ जना फरार प्रतिवादी पक्राउ
भदौ ३१, २०८१ सोमबार
तथ्यहीन प्रचारबाजी नगर्न युट्युबरलाई काउन्सिलको दिर्नेशन
भदौ ३१, २०८१ सोमबार
कोशी प्रदेश सरकारले संविधान दिवस–२०८१ तीन दिन मनाउने
भदौ ३१, २०८१ सोमबार