‘अलिअलि गुट र द्धन्द्ध लोकतान्त्रिक पार्टीमा हुन्छ, त्यो स्वभाविक हो’ : पौडेल
इन्द्र रिजाल
जेठ २६, २०७६ आइतबार १९:८:५५
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीका कार्यकर्ताहरुले समयमै महाधिवेशन गर्न आग्रह गरेको बताएका छन् ।
कांग्रेसको पहिलो चरणको राष्ट्रिय जागरण अभियान सकिएको सन्दर्भमा उनले कार्यकर्ताहरुले ढिला नगरी समयमै महाधिवेशन गर्न भनेको बताएका हुन् ।
नियमानुसार कांग्रेसको महाधिवेशन आगामी फागुनमा गराउनु पर्ने हुन्छ । यसका लागि पार्टी सभापति शेरबहादुर देउवा भने इच्छित देखिँदैनन् ।
उनले गाउँगाउँमा गएर पार्टीका गतिविधि र सरकारका गलत कामका बारेमा भन्ने काम भएको बताए । पौडेलले गुटबन्दी भएको बारे भने, ‘अलिअलि गुट र द्धन्द्ध लोकतान्त्रिक पार्टीमा हुन्छ । त्यो स्वभाविक हो । समग्र रुपमा काँग्रेस देशभर गयो । केन्द्रीय नेताहरु घुमे । यसले देशभर चहलपहल आएको छ ।’
उनले अगाडि भने, ‘कार्यकर्तामा केही चिन्ता आउनु स्वभाविकै हो । सदूरपश्चिमका सबै जिल्ला लगायत झण्डै २५ जिल्ला घुमेको छु । गाउँगाउँबाट नेता तथा कार्यकर्ता सदरमुकाममा उत्साहपूर्वक आए ।’
कार्यकर्तासंग प्रत्यक्ष कुराकानी गर्न पाउँदा उनीहरुका गुनासा पनि सुनेको भन्दै पौडेलले विपक्षीसंग लड्नका लागि पनि पार्टी एक हुनुपर्नेमा जोड दिएको बताए ।
गाउँगाउँका कमिटिहरुमा समायोजन बनाउनु पर्ने, क्षेत्रीय समितिहरु बन्नुपर्ने भन्दै उनले पार्टीलाई चलायमान बनाउनुपर्नेमा जोड दिए ।
समयमै महाधिवेशन हुनुपर्नेमा कार्यकर्ताले जोड दिएको पनि नेता पौडेलले सुनाए । समयमै महाधिवेशन नगरिए पार्टी सकिएर जाने भन्दै उनले नेतृत्वलाई सचेत पनि बनाएका छन् । उनले लोकतन्त्रलाई खतरा भएको भन्दै मिडिया काउन्सिल विधेयकप्रति समेत उनले विरोध गरेका छन् ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपयातायातमा नयाँ हाकिम: पुराना कर्मचारी फर्किएपछि नक्कली लाइसेन्स छानबिनको फाइल हरायो
माघ ११, २०८१ शुक्रबार
पूर्व उपराष्ट्रपतिलाई राजनीतिमा फर्काउन माओवादीभित्रै दुई धार, प्रचण्ड मौन !
माघ ११, २०८१ शुक्रबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
वैदेशिक रोजगारीमा रहेकालाई दूतावासको विशेष काउन्टर सेवा
माघ १२, २०८१ शनिबार
लहान नगरपालिकाविरुद्ध किसानहरुको विशाल जनप्रदर्शन, खुटी नहरमा गाडे झन्डा
माघ १२, २०८१ शनिबार
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार