प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यान्वयनमा
इन्द्र रिजाल
जेठ २६, २०७६ आइतबार १९:४९:५६
बेझाड । प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत पाल्पामा रु एक करोड ८४ लाख बजेट प्राप्त भएको छ । बेरोजगार युवालाई रोजगार दिने उद्देश्यले सञ्चालित सो कार्यक्रम जिल्लाका दशवटै स्थानीय तहमा लागू भएको छ ।
तीमध्ये रम्भा र रिब्दिकोट गाउँपालिकाले कार्यक्रम शुरु गरिसकेका छन् भन्ने अन्य स्थानीय तहले शुरु गर्ने तयारी गरिरहेको छ ।
यस कार्यक्रमअन्तर्गत रम्भा गाउँपालिकाले फारम भरेका ४५० युवामध्ये तीस जनालाई छनोट गरी रोजगार दिन थालेको छ । सो कार्यक्रमका लागि रु चौध लाख बजेट प्राप्त भएको गाउँपालिकाले जनाएको छ ।
कार्यक्रमअन्तर्गत गाउँपालिका–३ पिपलडाँडाको बेलपानीदेखि मौलाथर सम्मको करीब साढे पाँच किलोमिटर मोटरबाटो स्तरोन्नतिका लागि रु साढे चार लाख बजेट विनियोजन गरेर काम थालनी गरिएको गाउँपालिकाका अधिकृत भक्तजङ्ग रानाले जानकारी दिए।
बाँकी रकम रिमिघा लेकको पर्यटन प्रवद्र्धन लगायतका क्षेत्रमा खर्च गरिने योजना रहेको उनले जानकारी दिए । प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत चालू आर्थिक वर्षमा ९० युवालाई रोजगार दिइने योजना रहेको गाउँपालिका अध्यक्ष विष्णु भण्डारीले बताए ।
त्यस्तै रिब्दिकोट गाउँपालिकाले यस कार्यक्रमअन्तर्गत ११० युवालाई छनोट गरेको छ । सो कार्यक्रमका लागि सङ्घीय सरकारबाट रु चौध लाख र गाउँपालिकाबाट रु पाँच लाख गरी कूल १९ लाख बजेट विनियोजन भएको गाउँपालिकाका अध्यक्ष नारायणबहादुर जिसीले जानकारी दिए।
यसैगरी सो कार्यक्रमका लागि रामपुर नगरपालिकाले चालू आर्थिक वर्षमा रु २५ लाख बजेट प्राप्त गरेको छ । यसबाट करीब सय जना युवालाई रोजगार दिने योजना रहेको नगर प्रमुख रमणबहादुर थापाले बताए । “नगरका धेरै बेरोजगार युवालाई समेटेर कार्यक्रम गर्ने तयारी गरिरहेका छौँ”, नगर प्रमुख थापाले भने, “असारदेखि काम थालनी हुँदैछ ।”
यस कार्यक्रमअन्तर्गत तानसेन नगरपालिकामा सबैभन्दा बढी बजेट प्राप्त भएको छ । सङ्घीय सरकारबाट प्राप्त रु ४२ लाखबाट एक सय ८५ युवालाई रोजगार दिने गरी छनोटको प्रक्रिया अगाडि बढाइएको नगर प्रमुख अशोककुमार शाहीले बताए।
त्यस्तै निस्दी गाउँपालिकामा प्राप्त रु १३ लाख बजेटबाट ९८ युवालाई रोजगार दिने गाउँपालिका अध्यक्ष मुक्तबहादुर सारुले बताए । यस कार्यक्रमअन्तर्गत तिनाऊ गाउँपालिकामा प्राप्त भएका रु १२ लाख बजेटबाट दुई सय युवालाई रोजगार दिने गरी योजना छनोट प्रक्रिया भइरहेको अध्यक्ष ओमबहादुर घर्तीमगर बताउछन् ।
प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि रु उन्नाइस लाख बजेट प्राप्त भएको रैनादेवी छहरा गाउँपालिकाले ३२० युवालाई रोजगार दिने तयारी थालिइएको गाउँपालिकाका अध्यक्ष रामबहादुर कार्कीले बताए।
यसैगरी पूर्वखोला गाउँपालिकालाई प्राप्त भएको रु १३ लाख बजेटबाट तीन सय युवालाई रोजगार दिने गाउँपालिकाका अध्यक्ष नुनबहादुर थापाले जानकारी दिए।
त्यस्तै सो कार्यक्रमअन्तर्गत माथागढी गाउँपालिकालाई प्राप्त भएको १६ लाख बजेटबाट तीन सय युवालाई रोजगार दिइने अध्यक्ष सन्तोष थापा मगरले जानकारी दिए । उनका अनुसार यस कार्यक्रममा सहभागी हुन गाउँपालिकाका एक हजार दुई सय बढी युवाले आवेदन दिएका छन् ।
बगनासकाली गाउँपालिकाका लागि प्राप्त रु १६ लाख बजेटबाट कामदार छनोट गर्ने प्रक्रिया भइरहेकाले आगामी असारको पहिलो सातादेखि कार्यक्रम शुरु गरिने गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बस्यालले जानकारी दिए ।
प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत सडक स्तरोन्नति, साना–साना पूर्वाधार निर्माण, श्रममूलक काम, सडक निर्माण, कृषि, सिँचाइ, ग्रामीण खानेपानी, शिक्षा, वन, जलाधार क्षेत्रमा रहेर काम गर्ने कार्यविधि रहेको छ । यस कार्यक्रममा १८ वर्षदेखि ५० वर्ष सम्मका बेरोजगार नागरिक सहभागी हुन पाउनेछन् ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपआज राति ९:४५ बजेदेखि डीभी खुल्दै
असोज १६, २०८१ बुधबार
प्रधानमन्त्री रोजगार कार्यक्रमः सडक ढलानमा स्थानीयलाई अवसर
असोज १०, २०८१ बिहिबार
चाँडै नै जापानको रोजगारीमा नेपाली श्रमिक पठाइन्छ: मन्त्री भण्डारी
असोज ४, २०८१ शुक्रबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
सत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी
मंसिर १२, २०८१ बुधबार
अब मोवाइल टावरहरू नचाहिने हो त ? मस्कको स्टारलिंकले गर्दैछ चमत्कार
मंसिर १२, २०८१ बुधबार
‘आवश्यकता र हित हेरेर मात्रै बिआरआइ कार्यान्वयन गर्नुपर्छ’
मंसिर १२, २०८१ बुधबार