आज विश्व बालश्रम विरुद्धको दिवस मनाइदै
इन्द्र रिजाल
जेठ २९, २०७६ बुधबार १७:५२:३२
काठमाडौं । बालबालिका श्रममा होइन सपना हेर्न रमाउँछन् भन्ने नाराका साथ आज विश्व बालश्रम विरुद्धको दिवस, नेपालमा पनि मनाईंदैछ ।
अन्तराष्ट्रिय श्रम संगठन ‘आईएलओ’ को महासन्धी पारित गरेको दिनको सम्झनामा जुन १२ तारिखमा विश्व बालश्रम विरुद्धको दिवस मनाउने गरिन्छ ।
नेपालले सन् २०२५ सम्ममा सबै प्रकारका बाल श्रमको अन्त्य गर्ने लक्ष्य राखेको छ । तर आईएलओको तथ्याङ्कअनुसार नेपालमा ५ देखि १७ वर्ष उमेर समूहका १६ लाखभन्दा बढी बालश्रमिक छन् ।
होटल, पर्यटन, मनोरञ्जन क्षेत्र, घर, इँटाभट्टा, गलैँचा कारखाना, सवारी साधन, ग्यारेज, उद्योग लगायतका क्षेत्रमा बालश्रमिक रहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । मन्त्रालयले यस वर्ष पहिलो पटक साढे ७ करोड रुपैयाँ बजेट बालश्रम न्यूनीकरणमा छुट्याएको छ ।
बालश्रम विरुद्वको ऐन तथा नियमावलीले बालश्रम गर्ने गराउनलेलाई कानुनी अपराधको रुपमा राखेको छ । तर पनि १४ वर्ष मुनिका धेरै बालबालिका श्रम गर्न बाध्य छन् ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपबाढी-पहिरोले उपत्यकामा ३२ सहित देशभर ५३ जनाको मृत्यु, थुप्रै क्षेत्र जलमग्न
असोज १२, २०८१ शनिबार
पर्वतमा आमाछोरी पाँच दिनदेखि सम्पर्कविहीन
असोज १२, २०८१ शनिबार
आज यी ठाउँहरुमा हुनेछ ठूलो वर्षा, सतर्कता अपनाउन आग्रह
असोज १३, २०८१ आइतबार
शनिबार २ बजेसम्ममा देशभर ५० जनाको मृत्यु: १०५३ जनाको उद्धार, १२४४ घर डुबे
असोज १२, २०८१ शनिबार
पूर्वी पहाडका तीन जिल्लामा विद्युत् सेवा अवरुद्ध
असोज १३, २०८१ आइतबार
खोलाले बगाउँदा युवतीको मृत्यु
असोज १३, २०८१ आइतबार
एमाले केन्द्रीय कार्यालयको आकस्मिक बैठक
असोज १३, २०८१ आइतबार
बंगलादेशविरुद्धको टी-२० सिरिजका लागि भारतीय टिमको घोषणा
असोज १३, २०८१ आइतबार
इजरायल र हिजबुल्लाहको विवादस् को हुन् हसन नसरल्लाह ?
असोज १३, २०८१ आइतबार
झ्याप्ले खोलामा पुरिएको अवस्थामा भेटियो एक बस र माइक्रो बस, तीन जनाको शव फेला
असोज १३, २०८१ आइतबार