लोकसेवा आयोगलाई सर्वोच्चको प्रश्न, कर्मचारी भर्ना किन रद्द नगर्ने ?
इन्द्र रिजाल
जेठ २९, २०७६ बिहिबार २:३८:५३
काठमाडौं: विवादित बनिरहेको लोकसेवा आयोगको विज्ञापनमाथि सर्वोच्च अदालतले विज्ञापन किन रद्द नगर्ने भन्दै लोकसेवा आयोगलाई कारण सोधेको छ।
आयोगको विज्ञापन रद्द गर्न माग गर्दै अधिवक्ता विकास ठाकुरले दायर गरेको रिटमाथि सर्वोच्च फैसला गर्दै विज्ञापन किन रद्द नगर्ने भनेर लोक सेवा आयोगलाई सोधेको हो।न्यायाधीश पुरुषोतम भण्डारीको एकल इजलासले निवेदकको मागअनुसार आदेश विज्ञापन रोक्न अन्तरिम आदेश भने जारी गर्न भने अस्वीकार गरेको छ। ।
रिट निवेदक अधिवक्ता विकास ठाकुरले अन्तरिम आदेश माग गरेकाले यसबारे छलफल सर्वोच्चले गर्न दुबै पक्षलाई ३ गते बोलाएको छ। विभिन्न स्थानीय तहका लागि ९ हजार १६१ कर्मचारी माग गर्दै लोकसेवा आयोगले १५ जेठमा विज्ञापन खुलाएको थियो।
आयोगले गरेको उक्त विज्ञापन समावेशी नभएको भन्दै विरोध भएपछि आयोगको विज्ञापन रद्द गर्न माग गर्दै अधिवक्ता ठाकुर सर्वोच्च गएका थिए। निवेदकको माग बमोजिम किन आदेश जारी हुनु नपर्ने होरु भन्ने आधार र कारणसहित १५ दिनभित्र महान्याधिवक्ताको कार्यालयमार्फत् दिन जवाफ दिन समेत सर्वोच्चले लोकसेवा आयोगलाई निर्देशन दिएको छ।
संसदको राज्य व्यवस्था समितिले पनि विज्ञापन संविधान र स्थानीय तह संचालन ऐनको मर्म अनुसार नभएको भन्दै विज्ञापन रद्द गर्न निर्देशन दिएको थियो।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपयातायातमा नयाँ हाकिम: पुराना कर्मचारी फर्किएपछि नक्कली लाइसेन्स छानबिनको फाइल हरायो
माघ ११, २०८१ शुक्रबार
पूर्व उपराष्ट्रपतिलाई राजनीतिमा फर्काउन माओवादीभित्रै दुई धार, प्रचण्ड मौन !
माघ ११, २०८१ शुक्रबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
वैदेशिक रोजगारीमा रहेकालाई दूतावासको विशेष काउन्टर सेवा
माघ १२, २०८१ शनिबार
लहान नगरपालिकाविरुद्ध किसानहरुको विशाल जनप्रदर्शन, खुटी नहरमा गाडे झन्डा
माघ १२, २०८१ शनिबार
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार