विपद् व्यवस्थापनमा सशस्त्र प्रहरीले खेलेको भूमिका प्रशंसायोग्य
इन्द्र रिजाल
जेठ ३०, २०७६ बिहिबार १४:२०:५९
मुग्लिन । गृहमन्त्री रामबहादुर थापाले विपद् व्यवस्थापनमा सशस्त्र प्रहरीले खेलेको भूमिका प्रशंसायोग्य भएको बताएका छन् । चितवनको इच्छाकामना– ४ कुरिनटारस्थित त्रिशूली नदीमा भएको उद्धारको नमूना प्रदर्शनको क्रममा मंगलबार गृहमन्त्री थापाले उक्त धारणा व्यक्त गरेका हुन्् ।
गृहमन्त्री थापाले भने “आफ्नो प्राणलाई हत्केलामा राखेर तपाईहरु उद्धारमा रातदिन नभनी खटिरहनु भएको छ, तपाईहरुप्रति सिङ्गो देश नै गौरवान्वित भएको छ ।” त्रिशूली नदीमा ‘विपद् व्यवस्थापन तालीम केन्द्र’ कुरिनटारबाट तालीम प्राप्त सशस्त्र प्रहरीले उद्धारको नमूना प्रदर्शन गरेका थिए ।
उनीहरुले भिरमा हुने दुर्घटनामा परेका व्यक्ति, पानीमा डुबेकाको खोजीमा गोताखोरले गर्ने र ¥याफटिङ पल्टिँदा दुर्घटनामा परेकाको उद्धार गर्ने तरिका प्रदर्शन गरेका थिए ।
कार्यक्रममा सशस्त्र प्रहरी बलका प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, चितवनका प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतलगायतको उपस्थिति रहेको थियो ।
सशस्त्र प्रहरी बलले झण्डै ११ रोपनी क्षेत्रफलमा केन्द्र स्थापना गरी उद्धार गर्ने व्यक्तिलाई तालीम दिँदै आइरहको छ । विशेष गरी केन्द्रबाट आगलागी, भूकम्प, बाढीपहिरो, दुर्घटनालगायत विपद् व्यवस्थापनबारे प्रशिक्षण दिने गरिएको छ ।
गृहमन्त्री थापाले त्यहाँ रहेको ट्रमा सेन्टरको पनि अवलोकन गरेका थिए । कूल २५ श्याको ट्रमा सेन्टर अमेरिकी सरकारको सहयोगमा निर्माण गरिएको हो ।
पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडकखण्डमा हुने दुर्घटनाका घाइतेलाई लक्षित गरी सो सेन्टर निर्माण गरिएको हो ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपयातायातमा नयाँ हाकिम: पुराना कर्मचारी फर्किएपछि नक्कली लाइसेन्स छानबिनको फाइल हरायो
माघ ११, २०८१ शुक्रबार
पूर्व उपराष्ट्रपतिलाई राजनीतिमा फर्काउन माओवादीभित्रै दुई धार, प्रचण्ड मौन !
माघ ११, २०८१ शुक्रबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
वैदेशिक रोजगारीमा रहेकालाई दूतावासको विशेष काउन्टर सेवा
माघ १२, २०८१ शनिबार
लहान नगरपालिकाविरुद्ध किसानहरुको विशाल जनप्रदर्शन, खुटी नहरमा गाडे झन्डा
माघ १२, २०८१ शनिबार
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार