सुन टल्काइदिने भन्दै ठगी गर्ने २ भारतीय पक्राउ
इन्द्र रिजाल
जेठ ३१, २०७६ शुक्रबार १८:३६:१९
काठमाडौँ । तामा तथा पित्तलका सामान तथा सुन समेत सफा गर्ने भन्दै ठगी गर्ने २ भारतीय नागरिक धरानवाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत, बिहार राज्यको कटिहार जिल्ला स्थित नयाँ टोलका पवन कुमार मण्डल र भारत, बिहार राज्य कटिहार जिल्ला, तिनगछियाका दिपक कुमार शाह रहेका छन् । उनीहरुलाई बिहीबार प्रहरीले सार्वजनिक गरेको छ ।
उनीहरुले धरान १७ की सविना राईको सुनको दुई तोला चार आनाको सुनको सिक्री पनि टल्काई दिन्छौ भनि सुनको सिक्री रसाईन झोलमा डुबाई निकाली ब्रस गरी दिँदा सुनको सिक्री सानो भई चुट्टिए पछि उनकै उजुरीको आधारमा उनीहरुलाई पक्राउ गरेको इलाका प्रहरी कार्यलय धरानले जनाएको छ ।टल्काइदिने भन्दै रसाइनममा हालेको दुई तोला चार आनाको सुनको सिक्री तत्काल तौल गर्दा १ तोला ७ आना मात्र भएको सिक्रीमा सुन ९ आना घटेको छ, पीडितलाई उधृत गर्दै इलाका प्रहरी कार्यलय धरानका प्रमुख डिएसपी ढुण्डिरान न्यौपानेले जानकारी दिए ।
उनीहरुको साथबाट रासाइन, सगै ठगीमा प्रयोगभएका उपकरण समेत प्रहरीले बरामत गरेको छ ।
सुन सगै तामा पित्तलका भाँडा कुडा टल्काउने भन्दै उनीहरुले ठगी गर्ने गरेको सुचनाको आधारमा उनीहरुलाई बुधबार पक्राउ गरी ठगि मुद्दामा कारबाही सुरु गरिएको डिएसपी न्यौपानेले वताए । साथै डिएसपी न्यौपानेले सम्पुर्ण ठगी गर्ने शंकित ब्यक्तिहरु घर गाँउ टोलमा आएमा तत्काल प्रहरीलाई खवर गर्न आग्रह समेत गरेका छन् ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपसाढे ५ किलो सुन तस्करी गर्ने तीन आरोपी पुर्पक्षका लागि कारागार पठाइए, ८ करोड बिगो दावी
मंसिर १८, २०८१ मंगलबार
विमानस्थलबाट १ केजी सुनसहित एक जना पक्राउ
मंसिर १५, २०८१ शनिबार
तस्करीमा पर्सा प्रहरीको कारबाही, ६८ लाखको सामान बोकेको ट्रक नियन्त्रणमा
मंसिर १०, २०८१ सोमबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
वायु प्रदूषण न्यूनीकरण आवश्यकः मन्त्री शाही
मंसिर २७, २०८१ बिहिबार
संयुक्त राष्ट्र महासभाको गाजा युद्धविरामको मतदानलाई हमासद्वारा ‘स्वागत’
मंसिर २७, २०८१ बिहिबार
टाइम म्यागजिनद्वारा डोनाल्ड ट्रम्पलाई दोस्रो पटक ‘पर्सन अफ द इयर’ घोषणा
मंसिर २७, २०८१ बिहिबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
मंसिर २७, २०८१ बिहिबार
दश करोड बढी लगानीमा विद्युतीय माइक्रोबस सञ्चालन
मंसिर २७, २०८१ बिहिबार
अमेरिकी डलर देखाई साढे ६ लाख ठगी गर्ने २ जना पक्राउ
मंसिर २७, २०८१ बिहिबार