फिफाको वरियतामा नेपाल ४ स्थान तल
इन्द्र रिजाल
जेठ ३१, २०७६ शनिबार २:५१:५१
काठमाडौं । विश्व फुटबलको सर्वोच्व निकाय फिफाको वरियतामा नेपाल ४ स्थान तल झरेको छ । फिफाले शुक्रबार सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल ४ स्थान झरेको हो । नयाँ वरियता अनुसार नेपाल १ सय ६५ औं स्थानमा रहेको छ । यसअघि नेपाल १ सय ६१ औं स्थानमा रहेको थियो ।
नेपालले हालै दुई अन्तराष्ट्रिय मैत्रीपूर्ण खेल खेलेपनि नेपालको वरियता खस्किएको हो । नेपालले दुई साताअघि मलेसिया र चाईनिज ताईपेसंग मैत्रीपूर्ण खेल खेलेको थियो । नेपालले फिफा वरियतामा आफूभन्दा तलको मलेसियासंग २-० को हार व्यहोरेको थियो । यस्तै नेपालले आफूभन्दा ३६ औं स्थान माथिको चाईनिज ताईपेसँग १-१ गोलको बराबरी खेलेको थियो ।
दक्षिण एसियाली देशमा नेपाल तेस्रो स्थानमा रहेको छ । नेपाल भन्दा माथि भारत १ सय १ औं स्थानमा र माल्दिभ्स १ सय ५१ औं स्थानमा रहेको छ । नेपाल भन्दा तल रहेको बंगलादेश १ सय ८३ औं, भुटान १ सय ८६ औं, श्रीलंका २ सय १ र पाकिस्तान २ सय ३ औं स्थानमा रहेको छ ।
विश्व वरियतामा बेल्जियम शीर्ष स्थानमा छ । फ्रान्स दोस्रो, ब्राजिल तेस्रो, ईङ्ल्याण्ड चौंथो , पोर्चुगल पाँचौ स्थानमा रहेका छन् । छैटौ स्थानमा क्रोएसिया, सातौंमा स्पेन, आठौंमा उरुग्वे, नवौंमा स्विजरल्याण्ड र दशौं स्थानमा डेनमार्क रहेका छन् ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपसभापति कप राष्ट्रिय फुटबल प्रतियोगिता आगामी माघमा हुने
पुष १८, २०८१ बिहिबार
फुटबलः चर्च ब्वाइज विजयी
पुष १२, २०८१ शुक्रबार
फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको तयारी पूरा
पुष ३, २०८१ बुधबार
बाल गायक सचिन परियारको निधन
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
पुष १९, २०८१ शुक्रबार
पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
'ग्रीन टी' वा 'कफी' कुन सेवन गर्दा स्वास्थ्यका लागि बढी फाइदाजनक हुन्छ ?
पुष १९, २०८१ शुक्रबार
विश्व खाद्य वस्तुको मूल्य सन् २०२४ मा दुई प्रतिशतले गिरावट
पुष १९, २०८१ शुक्रबार
पछिल्लो समय अनलाइन ठगी बढेको भन्दै विशेष सावधानी अपनाउन सीआइबीको आग्रह
पुष १९, २०८१ शुक्रबार
राप्रपा नेपालको केन्द्रीय समिति बैठक स्थगित
पुष १९, २०८१ शुक्रबार
स्थिरता, स्थायित्व र विकासका लागि वर्तमान सरकार : उपप्रधानमन्त्री सिंह
पुष १९, २०८१ शुक्रबार
‘प्रदेशमा निजामती कर्मचारी र प्रहरी समायोजन चाँडो हुनुपर्छ’
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
पुष १९, २०८१ शुक्रबार