कांग्रेस जागरण अभियान सकिएलगत्तै नुवाकोटमा केन्द्रको बितण्डा
इन्द्र रिजाल
जेठ ३२, २०७६ शनिबार १६:२१:५७
काठमाडौं । पार्टी एकता र हालैको एक महिने देशब्यापी जागरण अभियानको मूल्यमा नेपाली कांग्रेस केन्द्रीय नेतृत्वले नुवाकोटमा पार्टी एकता र जागरणको परिणाम तथा प्रभावलाई धोती लगाइदिँदै गुट र फूटवादी समानान्तर कार्यक्रमको आयोजना गरेर अर्को रमिता देखाउन लागेको छ ।
यही जेठ ३२ शनिबार कांग्रेस केन्द्रको असारे गाईजात्रा नुवाकोट जिल्ला लिखु गाउँपालिकाको चौघडामा मञ्चन हुने भएको छ । कांग्रेसको विधानमै नभएको र नुवाकोट जिल्ला कार्यसमितिलाई पन्छाउँदै केन्द्रको नियोजित प्रबन्धमा जिल्लाका दुई निर्वाचन क्षेत्रको संयुक्त अधिवेशन उक्त स्थानमा हुनलागेपछि जिल्लाका पार्टी कार्यकर्ताहरूबाट केन्द्रको चर्तिकलाप्रति उदेक मानिएको छ ।
कांग्रेसको विधानमा दुईवटा क्षेत्रको संयुक्त सम्मेलन गर्ने कुनै प्रावधान छैन, तर केन्द्रले नुवाकोटमा यस्तो कार्यक्रम राखेको छ । आफ्नै वाचामा ७ दिन पनि टिक्न नसक्नु नेतृत्वको मानसिक दुर्दशाका रुपमा अथ्र्याइएको छ । अर्को आश्चर्य, जिल्लाभित्र हुने कुनै पनि पार्टी कार्यक्रममहरू सम्बन्धित जिल्ला कार्यसमितिको संयोजनमा हुनुपर्नेमा त्यसको ठाडो उल्लङ्घन हो ।
पार्टीको एकमहिने जागरण अभियानबाट प्राप्त मार्गनिर्देशन, पार्टी कार्यकर्ताहरूसमक्ष जागरण अभियानमा नेतृत्वबाट गरिएको प्रतिबद्धतामाथि पार्टी विधानको पूर्णपालना गर्नुका साथै विगतका गल्ती नदोहो¥याउने बाचा गरेको केन्द्रीय नेतृत्वले जागरण अभियान सम्पन्न भएको एक हप्ता नबित्दै आफ्नै प्रतिबद्धतालाई लत्याइदिएको छ । कांग्रेसको विधानमा दुईवटा क्षेत्रको संयुक्त सम्मेलन गर्ने कुनै प्रावधान छैन, तर केन्द्रले नुवाकोटमा यस्तो कार्यक्रम राखेको छ । आफ्नै वाचामा ७ दिन पनि टिक्न नसक्नु नेतृत्वको मानसिक दुर्दशाका रुपमा अथ्र्याइएको छ । अर्को आश्चर्य, जिल्लाभित्र हुने कुनै पनि पार्टी कार्यक्रममहरू सम्बन्धित जिल्ला कार्यसमितिको संयोजनमा हुनुपर्नेमा त्यसको ठाडो उल्लङ्घन हो ।
आज जेठ ३२ गते हुनलागेको कांग्रेसको कार्यक्रममा जिल्ला कार्यसमितिले पार्टी विधान विपरीतका कार्यक्रममा सरिक नहुने घोषणा गरिसेकेको छ भने गृहजिल्ला नुवाकोट भएका कांग्रेसका दुवै प्रभावशाली हस्ती– अर्जृुननरसिंह के.सी. र डा. रामशरण महतलाई सामान्य उपस्थितिको लागिमात्र भन्ने ब्यहोराको भुईमान्छेलाई जस्तो हैसियतमा राखेर झारा टार्ने आमन्त्रण पत्र पठाईएको छ ।
उनले पार्टीको नुवाकोट जिल्ला कमिटीका साथै नुवाकोटकै २ केन्द्रीय नेताहरू अर्जुन र रामशरणलाई पाखा लगाएर पार्टीमा एकलौटी चलाउने बदनियत प्रकट गरे भनी कार्यक्रम हुने स्थल चौघडाकै कांग्रेस कार्यकर्ताहरूले प्रतिक्रिया दिएका छन् । सो कार्यक्रमका लागि फ्लायर (फ्लेक्स बोर्ड) मा सहमहामन्त्री महतले सभापति शेरबहादुर देउबा, उपसभापति विजय गच्छदार र आफ्नोमात्र फोटो राखेर गम्भीर अर्थ दिन खोजेका छन् ।
उनीहरूले सो कार्यक्रममा भाग नलिने घोषणा गरिसकेका छन् । पार्टी सभापति उपस्थित हुने जनसहभागितामूलक कार्यक्रममा गृहजिल्लाका राष्ट्रिय स्तरका अन्य नेताहरू सहभागी हुने वातावरण नदिनुभन्दा ठूलो बिडम्बना अरु नहुनु पर्ने हो । तर लाज र नैतिकताको खडेरी महसुस गर्न थालिएको वर्तमान पार्टी नेतृत्वका लागि यो अवस्था नै आफ्नो अनुकूल अवसरको रुपमा लिएको प्रतीत हुँदैछ ।
यो घटना स्वयंमा सामान्य किन नहोस्, तर यसले ईंगित गरेको केन्द्रीय नेतृत्वको मनोवृत्ती खतरनाक लाग्ने खालको छ, जसले अन्तत्तोगत्वा पार्टी एकतामा गम्भीर आघात पु¥याउँछ । पार्टीलाई नै आघात पु¥याउने यस्ता कार्यक्रमको आयोजना गर्ने अरु कोही नभएर कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महत नै हुन् । उनले पार्टीको नुवाकोट जिल्ला कमिटीका साथै नुवाकोटकै २ केन्द्रीय नेताहरू अर्जुन र रामशरणलाई पाखा लगाएर पार्टीमा एकलौटी चलाउने बदनियत प्रकट गरे भनी कार्यक्रम हुने स्थल चौघडाकै कांग्रेस कार्यकर्ताहरूले प्रतिक्रिया दिएका छन् । सो कार्यक्रमका लागि फ्लायर (फ्लेक्स बोर्ड) मा सहमहामन्त्री महतले सभापति शेरबहादुर देउबा, उपसभापति विजय गच्छदार र आफ्नोमात्र फोटो राखेर गम्भीर अर्थ दिन खोजेका छन् ।
फुटवादी र गुटपरस्त यस्ता कार्यक्रमलाई पार्टीप्रति निष्ठा र स्वाभिमान भएका कार्यकर्ताहरूले निर्भिकताका साथ बहिस्कार गरी केन्द्रीय नेतृत्वले देखाउन खोजेको बदनियतको पर्दाफास गर्नुपर्ने होइन र ? प्रश्न उठिसकेको र औला ठडिइसकेको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपप्रतिवेदन अनुसार रविलाई कारवाही भए चार वटा मुद्धा चल्ने
असोज १, २०८१ मंगलबार
हायात होटलको जग्गा भाडा विवादः पर्यटन समितिले छानबिन गर्दै
भदौ ३१, २०८१ सोमबार
प्रतिवेदन अनुसार रविलाई कारवाही भए चार वटा मुद्धा चल्ने
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
संवैधानिक परिषदमा प्रचण्डको अस्वाभाविक बार्गेनिङ !
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
काठमाडौंवासीलाई घटस्थापना अघि मेलम्चीको पानी
असोज ३, २०८१ बिहिबार
संविधान संशोधन जनताको सुझाव र सर्वपक्षीय सहमतिमाः कांग्रेस प्रवक्ता महत
असोज ३, २०८१ बिहिबार
‘संविधान संशोधन अघि व्यापक समीक्षा जरुरी’
असोज ३, २०८१ बिहिबार
नेपालमै पहिलो पटक पोखरामा अन्तर्राष्ट्रिय बलुन महोत्सव, ३० देशको सहभागिता रहने
असोज ३, २०८१ बिहिबार
‘नेसनल डे कन्सर्ट’मा प्रधानमन्त्री ओली सहभागी
असोज ३, २०८१ बिहिबार