अन्तराष्ट्रिय ओलम्पिक दिवसको अवसरमा साइकल र्याली [फोटो फिचर]
इन्द्र रिजाल
जेठ ३२, २०७६ शनिबार १८:३४:१
काठमाडौं । अन्तराष्ट्रिय ओलम्पिक दिवसको अवसरमा नेपालमा एक हप्ते ‘ओलम्पिक डे’कार्यक्रमको सुरुवात भएको छ । नेपाल ओलम्पिक कमिटि अन्तर्गतको स्पोर्ट्स फर अल कमिसन नेपालले शनिबार एक कार्यक्रमको आयोजना गर्दै ओलम्पिक डेको सुरुवात गरेको हो ।
ओलम्पिक डेको पहिलो दिन साइकल र्याली आयोजना गरिएको छ । एनओसी भवन सातदोबाटोबाट सुरु भएर भृकुटीमण्डप पुगेर सकिएको र्यालीमा १०० सय बढीको सहभागीता रहेको थियो । यस्तै र्याली अघि जुम्बा डान्सको प्रदर्शनी समेत गरिएको थियो ।
साइकल र्याली अघि कार्यक्रमको उद्घाटन नेपाल ओलम्पिक कमिटिका अध्यक्ष तथा प्रतिनिधि सभाका सदस्य माननीय जीवन राम श्रेष्ठले गरेका थिए । कमिसनले ओलम्पिक डेको अवसरमा नेपालमा १ सय १६ वटा कार्यक्रम आयोजना गर्दैछ ।
कमिसनले यसपटक सात प्रदेशसहित राष्ट्रिय खेलकुद, विभिन्न विधालय, विभागीय क्लब आर्मी, पुलिस र एपीएफमा १ सय १६ वटा कार्यक्रम गरेर मनाउने जनाएको छ ।ओलम्पिक डे को अन्तिम दिन असार ८ गते लगनखेलस्थित सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रमा विविध कार्यक्रम गरेर समापन गरिने आयोजकले जनाएको छ । आधुनिक ओलम्पिक स्थानमा भएको दिनको अवसर पारेर मनाउन थालिएको ओलम्पिक डे जुन २३ ९असार ८ ० मा मनाउने गरिन्छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपअन्तर्राष्ट्रिय स्पर्धाका पदक विजेता खेलाडी प्रधानमन्त्रीबाट पुरस्कृत
पुष २३, २०८१ मंगलबार
ललितपुर मेयर कप भेट्रान फुटबल आजदेखि
पुष २२, २०८१ सोमबार
हेटौंडामा ५ वटा पिचसहितको क्रिकेट मैदान निर्माण हुँदै
पुष २२, २०८१ सोमबार
अमेरिकामा 'बर्ड फ्लू'को कारण पहिलो मानवको मृत्यु
पुष २४, २०८१ बुधबार
जुम्लाका सामुदायिक विद्यालयमा विज्ञान प्रयोगशाला
पुष २४, २०८१ बुधबार
पर्साका विपन्न तीन सय जनालाई कम्बल वितरण
पुष २४, २०८१ बुधबार
धनुर्मास पूजापछि खुल्यो पशुपतिनाथ मन्दिर, गरियो आरती
पुष २४, २०८१ बुधबार
पर्वतबाट बहुमूल्य जडीबुटीको चोरीनिकासी बढ्दो
पुष २४, २०८१ बुधबार