विश्वकप क्रिकेट : उपाधि दाबेदार राष्ट्र भारत र पाकिस्तानबीच प्रतिस्पर्धा !
इन्द्र रिजाल
असार १, २०७६ आइतबार १४:६:४
एजेन्सी । इंग्ल्याण्डमा जारी १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज ‘आइतबार’ एक खेल हुँदैछ ।
इंग्ल्याण्डको म्यानचेस्टरमा हुने एक मात्र खेलमा उपाधि दाबेदार राष्ट्र भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ । दुई टोलीबीचको खेल नेपाली समय अनुसार दिउँसो ३: १५ मा सुरु हुनेछ।
ओल्डट्राफोर्डमा मैदानमा उत्रदा दुई चिरपरिचत टोली जित निकाल्ने लक्ष्यसहित मैदान उत्रनेछन् । र, दुई ठुला चिरपरिचित प्रतिद्वन्दीबीचको खेल निकै रोमान्चक हुने अनुमान गरिएको छ । यस खेललाई विश्वकपकै ठुलो खेलको रुपमा लिईएको छ ।
विश्व क्रिकेटमा भारत र पाकिस्तानबीचको खेल सधै चर्चाको विषय बन्छ । राजनीतिक द्वन्दको कारण सधै चर्चामा रहने भारत र पाकिस्तानबीचको सम्बन्ध क्रिकेटमा समेत देखिने गर्छ । जसको कारण दुवै टिम मैदानमा समेत हार मान्न तयार हुँदैनन् । दुईबीचको खेलमा युद्दको झल्को आउने गर्छ ।
तुलनात्मक रुपमा बलियो टोली भारत पाकिस्तानलाई हराएर तेस्रो जित निकाल्ने योजनामा हुनेछ । अघिल्ला ३ खेलमा २ जित र एक खेलमा अंक बाँडेको भारतको ५ अंक रहेको छ ।
यता, पाकिस्तान दोस्रो जितको खोजीमा हुनेछ । जसका लागि भारतलाई स्तब्ध बनाउन चाहन्छ । ४ खेलमा १ जित, २ हार र १ बराबरी खेलेको पाकिस्तानको ३ अंक रहेको छ ।
दुई बीचको पछिल्लो भेटमा भने भारत बलियो देखिन्छ । पछिल्लो पाँच भेटमा भारतले ४ जित निकालेको छ । पाकिस्तानले १ खेलमा जित निकालेको छ ।
सन् २०१७ मा भएको आईसीसी च्याम्पियन्स ट्रफीको फाइनलमा पाकिस्तानले भारतलाई हराएर उपाधि जितेको थियो । तर, त्यसपछिको दुई भेटमा भने पाकिस्तान भारतसंग पराजित भएको छ ।
दुई टोलीलाई वर्षाको भने डर हुनेछ । किनकि वर्षाको कारण पछिल्लो केहि खेल नतिजाविहीन बन्दै आएको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपविश्वकप जितेपछि द्रविडले भने: खेलाडीको रुपमा जित्न सकिन, प्रशिक्षक बनेर जिते
असार १६, २०८१ आइतबार
राशिद खान : शरणार्थीदेखि अफगानिस्तानको विश्वकप योद्धासम्म
असार १२, २०८१ बुधबार
ट्राभिस हेड टी-२० वरियताको ब्याट्सम्यानको सूचीमा शिर्ष स्थानमा
असार १२, २०८१ बुधबार
सिंहदरबार पुगेर ओलीले प्रचण्डलाई सुनाए देउवाका कुरा
असार १६, २०८१ आइतबार
नेपालमै पहिलो पटक रोबोटबाट ३ बिरामीको सर्जरी, बिएण्डबीले राख्यो रेकर्ड !
असार १६, २०८१ आइतबार
भेनेजुएला र इक्वेडर कोपा अमेरिकाको क्वाटरफाइनलमा
असार १७, २०८१ सोमबार
प्रतिनिधि सभा बैठक : आज गृह, अर्थ र शिक्षा मन्त्रीले जवाफ दिने
असार १७, २०८१ सोमबार
कालीगण्डकी नदी कटानले औद्योगिक ग्राम जोखिममा
असार १७, २०८१ सोमबार
नागरिक उन्मुक्ति पार्टीे संसदीय दलको नेतामा गंगाराम चयन, रञ्जितालाई हटाइयो
असार १७, २०८१ सोमबार
‘ट्र्याक’ खुलेको डेढ दशकपछि सडक कालोपत्र
असार १७, २०८१ सोमबार
कांग्रेस पदाधिकारी बैठक बस्दै
असार १७, २०८१ सोमबार