बझाङमा प्रहरीको दादागिरीः स्थानिय त्रसित, प्रज्वलको घरमा प्रहरीको धम्की
इन्द्र रिजाल
असार १, २०७६ आइतबार १९:३८:३२
बझाङ । जिल्लाका बिभिन्न बस्तीमा गएर यतीबेला प्रहरीले स्थानियलाई त्रास दिई रहेको स्थानियले बताउने गरेका छन् ।
शनिबार एका बिहानै जिल्ला सदरमुकाम बाट खटि गएको प्रहरीटोलीले एक गाउमा पुगेर स्थानियलाई त्रास देखाएको छ । जिल्लाको जयपृथ्वी नगरपालिका वडा नं.१ कैलाश स्थित नाउली टोल र सुन्दरसिंहबाडा गाउँमा पुगेर स्थानियलाई बिप्लव समुहलाई खाना खुवाएको भन्दै त्रास देखाएको स्थानियले बताएका छन् ।
विप्लव नेतृत्वको नेपाल कमयुनिष्ट पार्टीका कार्यकर्तालाई समात्न भनेर गएको ससस्त्र प्रहरी, जनपद प्रहरी र अनुसन्धान प्रहरी लगाएतका गरी करिव ३० जनाको टोली गाउँ पसेर गाउनै घेरा हालेको थियो ।
नेपाल कमयुनिष्ट पार्टीका जिल्ला कमिटी सदस्य बाजिलाल शाही र अन्य उनका साथीहरुलाई एकै पटक पक्राउ गर्ने उदेश्यले गाउमा प्रहरीको टोली पुगेको थियो । प्रहरीको टोलीले राती ३ बजेतिर जिल्ला कमिटी सदस्य बाजिलाल शाहीको घरमा घेरा हालेर घर खानतलासी गरको र घरमा केही पनी नभेट्टाएपछी शाहीको घर नजिकैको गाउँमा क्रियामा बसेको ठाउमा समेत अनाआबश्यक दुःख दिएको बताईएको छ । बिहान करिव ४ बजे सम्म शाहीको घर रहेको गाउँलाई पुरै घेरामा राखेपनी शाहीलाई समात्न नसकेपछी प्रहरीको टोली अर्को गाउँ तिर लागेको थियो ।
प्रज्वलको घरमा प्रहरीको धम्की
बैशाख १२ गते काठमाडौंको घट्टेकुलोमा बम बिस्पोर्टमा परी ज्यान गुमाएका नेकपाका उपत्यका ईन्चार्ज प्रज्वल शाहीको घरमा प्रहरीले धम्की दिएको छ । जिल्ला कमिटी सदस्य बाजिलाल शाहीलाई पक्राउ गर्न नसकेपछी प्रज्वलको घरमा गएर ८० बर्षिया बृद्धलाई रातीको समयमा दुख दिएको थियो ।
बिप्लवलाई कसैले पनी खाना खुवाए तथा सम्पर्कमा आएमा प्रहरीलाई खबर गर्नुपर्ने यदी नगरेमा देखाजाएगा भन्दै प्रहरीले धम्की समेत दिएको छ ।
यता नेपाल कम्युनिष्ट पाटीले भने आफुहरु यो देशको परिबर्तका लाी लडि रहदाँ राज्यले आफ्ना माग र आवाजहरुलाई कुन्ठित गर्न खोजेको बताएको छ । जिल्ला सेक्रेटरीले जानकारी दिए उनका अनुसार बर्तमान दलाल सरकारसंगँको संघर्ष आफुसँग रहेको भन्दै जनतालाई दुःख दिनु भनेको लाचार पन रहेको समेत दावी गरेका छन् ।
साथै उनले प्रहरीले रातारात गाउमा आएर गाउनै घेरामा राख्नुमा कसैले सुराकी गरेको भन्दै सुराकी गर्नेमाथी अनुसन्धान भईरहेको बताएका छन् । उनले भने सुराकी गर्ने बेक्ती पत्ता लाग्ने बितिक्कै आफनो पार्टीले जनकार्बाही गर्ने र त्यसको जिम्मेबारी बर्तमान सरकारले लिनु पर्ने समेत चेतावनी दिएका छन् । हात हतियार कुकर समेत लिएर गएको जिल्ला सचिव क हरीलालले बताए । उहाले प्रेस विज्ञिप्ती जारी गदै
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपपछिल्लो समय अनलाइन ठगी बढेको भन्दै विशेष सावधानी अपनाउन सीआइबीको आग्रह
पुष १९, २०८१ शुक्रबार
नेपाल प्रहरीका ५ एसएसपीको डीआईजीमा बढुवा सिफारिस, पहिलो नम्बरमा ईश्वर कार्की
पुष १८, २०८१ बिहिबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
माओवादी केन्द्रीय समिति बैठक आज पनि बस्दै
पुष २२, २०८१ सोमबार
बागलुङ नगरपालिकालाई बालमैत्री नगर घोषणा
पुष २२, २०८१ सोमबार
यस्तो छ तरकारी र फलफूल आजको मूल्य
पुष २२, २०८१ सोमबार
एमाले केन्द्रीय समिति बैठक आज पनि, सदस्यहरूले बोल्ने क्रम जारी
पुष २२, २०८१ सोमबार
ललितपुर मेयर कप भेट्रान फुटबल आजदेखि
पुष २२, २०८१ सोमबार
पाँच महिनामा प्रहरीले संकलन गर्यो २ अर्ब २४ करोड बढी राजस्व
पुष २२, २०८१ सोमबार