गुठी विधेयकविरुद्ध विश्व हिन्दु महासंघले देशभर कडा आन्दोलन गर्ने
इन्द्र रिजाल
असार १, २०७६ सोमबार १:३०:५
काठमाडौं । गुठी विधेयक सनातन हिन्दु धर्म संस्कृति खत्तम पार्ने उद्देश्यले आएको भन्दै त्यसविरुद्ध विश्व हिन्दु युवा संघ आन्दोलनमा उत्रिएको छ । रिपोर्टर्स क्लब नेपालमा आइतबार पत्रकार सम्मेलन गरी संघको अन्तर्राष्ट्रिय समितिले आन्दोलनको कार्यक्रम घोषणा गरेको हो ।
आन्दोलनको कार्यक्रम अनुसार २ असारमा देशभरका जिल्ला प्रशासन कार्यालय मार्फत् सरकारलाई ज्ञापन पत्र बुझाउने, ३ गते पशुपतिनाथमा विरोध सभा, ४ गते देशभरका मठमन्दिरहरुमा विहान साँढे ७ बजे १० मिनेट घन्टा बजाउने, ५ गते साँझ वसन्तपुरमा विरोधसभा गर्ने, ६ गते अन्र्तक्रिया, ७ गते गुठी ऐनको विरोधमा विरोध सभा गर्ने, ८ गते देशभरका मठ मन्दिरमा ध्यान पूजा पाठ गर्ने, ९ गते रत्नपार्कमा कोणसभा गर्ने समितिका महासचिव रोशन जंग बस्नेतले जनाएको छ ।
हिन्दु धर्ममाथि बाह्य इशारामा निरन्तर प्रहार
यसैगरी, १० गते गुठी विधेयक विरुद्ध देशभर कडा आन्दोलन गर्ने समितिका महासचिव बस्नेतले जानकारी दिए । समितिका सभापति सागर थापाले देशमा धर्मसंस्कृतिविरद्ध श्रृंखलावद्ध आक्रमण भएकाले सबै एकजुट भएर कडा संघर्षमा उत्रने बेला आएको बताए । देशमा धर्ममाथि प्रहार गर्ने षड्यन्त्रका कारण राष्ट्रियता र देशको अस्तित्वनै खतरामा परेकाले सबै सचेत हुनुपर्ने बताए ।
विश्व हिन्दु महासंघ, नेपालका अध्यक्ष डा. रामचन्द्र अधिकारीले धर्म नरहे देशकै अस्तित्व सकिने भन्दै वर्तमान सरकार धर्मनाशमा लागेको आरोप लगाए । हिन्दु धर्ममाथि बाह्य इशारामा निरन्तर प्रहार भइरहेकाले त्यसविरुद्ध सबै एकजुट हुनुपर्ने बताए ।
पशुपति भण्डारी सेवा समाजका अध्यक्ष केदारमान भण्डारीले धर्मको रक्षा गर्नेतर्फ सबै लाग्नुपर्ने बताए । उनले हिन्दु धर्मविरुद्ध नियोजित रुपमा आक्रमण हुँदै आएको बताए । स्वामी रामबाबाले धर्मनाश गर्ने उद्देश्यले गुठी प्रथा सक्ने क्रियाकलाप भएको बताए । बैकटेश्वर पिठाधिष स्वामी पद्मधराचार्यले लामो योजना अनुसार अहिलेका गतिविधि भइरहेको बताए ।
कार्यक्रममा विश्व हिन्दु महासंघकी महासचिव अस्मिता भण्डारीले विधेयक फिर्ता नलिए कडा आन्दोलनको सामना गर्न तयार हुन भनिन् । देशमा भूमाफियाको इशारामा सरकार चलिरहेको भन्दै नेपाली जनता अब चुप लागेर नबस्ने बताइन् ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपयातायातमा नयाँ हाकिम: पुराना कर्मचारी फर्किएपछि नक्कली लाइसेन्स छानबिनको फाइल हरायो
माघ ११, २०८१ शुक्रबार
पूर्व उपराष्ट्रपतिलाई राजनीतिमा फर्काउन माओवादीभित्रै दुई धार, प्रचण्ड मौन !
माघ ११, २०८१ शुक्रबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
वैदेशिक रोजगारीमा रहेकालाई दूतावासको विशेष काउन्टर सेवा
माघ १२, २०८१ शनिबार
लहान नगरपालिकाविरुद्ध किसानहरुको विशाल जनप्रदर्शन, खुटी नहरमा गाडे झन्डा
माघ १२, २०८१ शनिबार
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार