चीनले दियो काठमाडौंलाई सडक सफा गर्न दुईवटा ब्रुमर !
इन्द्र रिजाल
असार २, २०७६ सोमबार १६:१८:४६
काठमाडौं । काठमाडौं महानगरपालिकालाई चीनको छेन्दु नगरले दुईवटा ब्रुमर हस्तान्तरण गरेको छ ।भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा आइतबार आयोजित कार्यक्रममा छेन्दु नगरका उपप्रमुख निउ छिङ्पाओेले मेयर विद्यासुन्दर शाक्यलाई ब्रुमरको साँचो हस्तान्तरण गरे ।
ब्रुमरको साँचो बुझेपछि शाक्यले छेन्दु नगरबाट उपहारस्वरूप प्राप्त ब्रुमरको सहयोगले काठमाडौंको वायु प्रदूषण नियन्त्रणमा सहयोग पुग्ने बताए ।
उनले प्रधानमन्त्री केपी शर्मा ओलीले चीनको औपचारिक भ्रमण गर्दा आफू पनि सहभागी रहेको र सोही वेला छेन्दु नगरले ब्रुमर दिने बताएको स्मरण गरे । ब्रुमर युरो ५ मापदण्डका हुन् ।
महानगरको मेकानिकल शाखाका प्रमुख प्रमोद डंगोलका अनुसार ८.६ मिटर लम्बाइ र ३.५ मिटर चौडाइका ब्रुमरमा २ वटा इन्जिन छन् ।
धुलो र पात पतिंकर संकलन गर्न प्रयोग गर्न सकिने हरेक बु्रमरमा ७ घनमिटर धुलो संकलन गर्ने र ९ घनमिटर पानी बोक्ने क्षमता छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपहाइटेन्सन तारबाट करेन्ट लागेर टिपरमा आगलागी ,चालक गम्भीर
पुष २५, २०८१ बिहिबार
बालविवाह घटाउन बाँकेका युवा सक्रिय
पुष २४, २०८१ बुधबार
सङ्खुवासभाको मकालु क्षेत्रमा हिमपात, जनजीवन प्रभावित
पुष २४, २०८१ बुधबार
अमेरिकामा डढेलो : पाँच जनाको मृत्यु, एक हजार ५०० भन्दा बढी घरमा क्षति
पुष २५, २०८१ बिहिबार
आगामी वैशाखमा लगानी सम्मेलन गर्दै कोशी प्रदेश
पुष २५, २०८१ बिहिबार
हाइटेन्सन तारबाट करेन्ट लागेर टिपरमा आगलागी ,चालक गम्भीर
पुष २५, २०८१ बिहिबार
वेस्टह्याम युनाइटेडको नयाँ प्रशिक्षकमा ग्राहम पोर्टर
पुष २५, २०८१ बिहिबार
सूर्यदर्शन सहकारी ठगी मुद्दामा पक्राउ परेका रविसहित ७ आरोपीलाई अदालत लगियो
पुष २५, २०८१ बिहिबार