छत्रेश्वरी गाउँपालिकाको वडा कार्यालयमा अज्ञात समुहद्वारा आगजनी
इन्द्र रिजाल
असार ३, २०७६ मंगलबार १६:५२:५८
सल्यान । सल्यानको छत्रेश्वरी गाउँपालिकाको वडा कार्यालयमा गएराती अज्ञात समुहले आगजनी गरेको छ । सोही गाउँपालिकाको ३ नम्बर वडा कार्यालयमा सोमबार राति करिब २ बजे आगलागी भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
राति आगलागी भएको थाहा पाएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। आगलागीबाट कार्यालयमा रहेका सम्पूर्ण कागजात, २ वटा ल्यापटप, १ सेट डेस्कटप कम्युटर, प्रिन्टर, सोलार प्यानल, दराज, कुर्सीलगायतका सामग्रीहरु जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सल्यानका डिएसपी गेहेन्द्रबहादुर शाहीले नेपाल बहसलाई जानकारी दिए ।
आगलागी कसले र के कारणले भएको हो भन्ने बारे अनुसन्धान भइरहेको शाहीले जानकारी दिए । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ। गएराती २ बजेदेखि आगो लागेको भएपनि प्रहरीले भने ३ बजेमात्र थाहा पाएको थियो । वडा कार्यालयमा दुई वटा कोठा रहेको र त्यस मध्ये एउटा कोठामा रहेको सामान जलेर नष्ट भएको छ । प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा मंगलबार बिहान मात्रै आगो नियन्त्रणमा आएको थियो ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थप'राखी कुटनीति' ले जोडेको सम्बन्ध बीआरआईमा पुगेर विश्राम !
मंसिर २४, २०८१ सोमबार
सभापति देउवाले वरिष्ठ नेताबारे निर्णय नगर्दा कांग्रेसमा सधैं वरीयता विवाद
मंसिर २३, २०८१ आइतबार
बीआरआई सहकार्य फ्रेमवर्कपछि गठबन्धनमा खटपट बढेको आशंका, कांग्रेस नेताहरु बीच नै मतभेद
मंसिर २१, २०८१ शुक्रबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
वायु प्रदूषण न्यूनीकरण आवश्यकः मन्त्री शाही
मंसिर २७, २०८१ बिहिबार
संयुक्त राष्ट्र महासभाको गाजा युद्धविरामको मतदानलाई हमासद्वारा ‘स्वागत’
मंसिर २७, २०८१ बिहिबार
टाइम म्यागजिनद्वारा डोनाल्ड ट्रम्पलाई दोस्रो पटक ‘पर्सन अफ द इयर’ घोषणा
मंसिर २७, २०८१ बिहिबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
मंसिर २७, २०८१ बिहिबार
दश करोड बढी लगानीमा विद्युतीय माइक्रोबस सञ्चालन
मंसिर २७, २०८१ बिहिबार
अमेरिकी डलर देखाई साढे ६ लाख ठगी गर्ने २ जना पक्राउ
मंसिर २७, २०८१ बिहिबार