सहकारी संस्थामार्फत ठगी गर्ने श्रेष्ठ कुपण्डोलबाट पक्राउ
इन्द्र रिजाल
असार ५, २०७६ शुक्रबार २:२२:५६
ललितपुर। सहकारी संस्था संचालन गरी रकम ठगी गर्ने काठमाडौं महानगरपालिका–७ बस्ने ४२ वर्षीय रोशन श्रेष्ठलाई कुपण्डोल, ललितपुरबाट बुधबार प्रहरीले पक्राउ गरेको छ ।
ठगी मुद्दामा उच्च अदालत पाटनको २०७३ जेठ २५ गतेको फैसलाले ८ लाख ४६ हजार २ सय ५० रुपैयाँ जरिवाना र २ बर्ष कैद हुने ठहर भई फरार रहेका प्रतिवादीलाई केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले पक्राउ गरेको हो । रोशनसहितका संचालकले काठमाडौं महानगरपालिका–७ चाबहिलस्थित शाइन बचत तथा ऋण सहकारी संस्था लिमिटेडमार्फत सर्वसाधारण बचतकर्ताहरुलाई जम्मा गरेको रकमको बढी ब्याज दिने भनी झुठ्ठा प्रलोभनमा पारी ३३ लाख ८५ हजार ५ सय रुपैयाँको साँवा रकम समेत फिर्ता नगरी संस्था नै बन्द गरेका थिए ।
त्यस पछि ठगी गरेको भन्दैं बचतकर्ताले विभिन्न निकायमा उजुरी गरेपछि उनिहरुको कुकर्म बाहिरीएको थियो । अदालतले प्रतिवादी रोशन श्रेष्ठको हकमा दामासायीबाट हुन आउने उक्त रकम बिगो कायम गरी सोही बमोजिम जरिवाना गरेको थियो । पक्राउ प्रतिवादी रोशन श्रेष्ठलाई बिहीबार फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेश उपस्थित भएका थिए ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपबैंकिङ सेवालाई प्रतिस्पर्धी र व्यावसायिक बनाइनुपर्छः गभर्नर अधिकारी
कात्तिक ३०, २०८१ शुक्रबार
कस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर ?
भदौ २३, २०८१ आइतबार
राष्ट्र बैंकले दशैंमा नयाँ नोटको सट्टा सुकिला नोट दिने
भदौ १९, २०८१ बुधबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
वैदेशिक रोजगारीमा रहेकालाई दूतावासको विशेष काउन्टर सेवा
माघ १२, २०८१ शनिबार
लहान नगरपालिकाविरुद्ध किसानहरुको विशाल जनप्रदर्शन, खुटी नहरमा गाडे झन्डा
माघ १२, २०८१ शनिबार
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार