भरतपुर महानगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम, मेयर रेनु दाहालद्वारा उद्घाटन
इन्द्र रिजाल
असार ६, २०७६ शुक्रबार १७:५२:३८
चितवन । भरतपुर महानगरपालिकाले आजदेखि प्रधानमन्त्री रोजगार कार्यक्रम शुरू गरेको छ । वडा नम्बर २२ बाट शुरु गरिएको रोजगार कार्यक्रमको महानगरपालिका प्रमुख रेनु दाहालले उद्घाटन गरेका हुन्।
सो अवसरमा प्रमुख दाहालले रोजगार आम नागरिकको संवैधानिक अधिकार भएको बताउँदै नागरिकको अधिकार र आवश्यकता पूरा गर्न महानगर प्रतिबद्ध रहेको बताए ।
उनले पूर्वाधार विकास, कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र सुशासनलाई रोजगारीसँग जोडेर समृद्धिको यात्रालाई अगाडि बढाउन महानगरपालिका योजनाबद्ध ढङ्गले अगाडि बढेको छ भने ।
महानगरपालिकाले सबै वडाहरुमा यो कार्यक्रम शुरु गर्दैछ । पहिलो चरणमा ३८४ जनाले रोजगार पाउने दाहालले जानकारी दिए । रोजगारीका लागि महानगरमा चार हजारको निवेदन परेको छ ।
यसअन्तर्गत वडा नम्बर २२ मा १६ जनाले पारिश्रमिकमा आधारित रहेर २० दिन दैनिक रु ८०० का दरले पारिश्रमिक पाउने गरी वडामा विकास निर्माणमा काम गर्नेछन् ।
सो अवसरमा महानगरपालिका उपप्रमुख पार्वती शाह ठकुरीले राष्ट्रले लिएको रोजगार कार्यक्रमलाई सार्थक बनाउने दायित्व स्थानीय तहलाई आएको बताउँदै यसबाट लाभान्वित हुन सबैलाई आग्रह गरे ।
महानगरपालिकाका सामाजिक महाशाखा प्रमुख प्रद्युम्न उपाध्याय, रोजगार अधिकृत विनोद खराल, वडा नम्बर २२ का वडाध्यक्ष विष्णुराज महतो, नेपाल कम्युनिष्ट पार्टी ‘कपा’ युवा नेता रामहरि सेढाइँ, नेपाली काँग्रेसका नेता कुमारप्रसाद थपलियालगायतले बोलेका थिए । यस्तै आजै वडा नम्बर २१ मा पनि २२ जनालाई रोजगार दिलाइएको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपआज राति ९:४५ बजेदेखि डीभी खुल्दै
असोज १६, २०८१ बुधबार
प्रधानमन्त्री रोजगार कार्यक्रमः सडक ढलानमा स्थानीयलाई अवसर
असोज १०, २०८१ बिहिबार
चाँडै नै जापानको रोजगारीमा नेपाली श्रमिक पठाइन्छ: मन्त्री भण्डारी
असोज ४, २०८१ शुक्रबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
सत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी
मंसिर १२, २०८१ बुधबार
अब मोवाइल टावरहरू नचाहिने हो त ? मस्कको स्टारलिंकले गर्दैछ चमत्कार
मंसिर १२, २०८१ बुधबार
‘आवश्यकता र हित हेरेर मात्रै बिआरआइ कार्यान्वयन गर्नुपर्छ’
मंसिर १२, २०८१ बुधबार
श्रममन्त्री भण्डारी र इजरायली राजदूतबीच भेट
मंसिर १२, २०८१ बुधबार
जनताले विकल्प खोज्ने बेला आयो : अध्यक्ष लिङ्देन
मंसिर १२, २०८१ बुधबार
युवालाई विदेशिनबाट रोक्नका लागि साझा व्यवस्थापनको खाँचो छ: सभापति देउवा
मंसिर १२, २०८१ बुधबार