एनआईसी एशिया बैंकले एकैपटक माग्यो ४०० कर्मचारी
इन्द्र रिजाल
असार ६, २०७६ शुक्रबार १८:४८:१४
काठमाडौं । एनआईसी एशिया बैंकले एकै पटक ४०० जना कर्मचारी माग गरेको छ । यसअघि ८६ कर्मचारीको माग गरि खुलाएको विज्ञापन म्याद सकिन नपाउँदै बैंकले थप ४०० जना कर्मचारी मागेको हो ।
बैंकले उपत्यकाभित्रका शाखा कार्यालयका लागि ५० जना शाखा प्रबन्धक मागेको छ । यस पदका लागि स्नातकोत्तर गरी कम्तिमा पनि १० वर्षको कार्यानुभव हुनु पर्ने बैंकले जनाएको छ ।
त्यस्तै ५० जना रिलेसनसिप म्यानेजर मागिएको छ । यसका लागि स्नातकोत्तर गरी बैंकिङ क्षेत्रमा कम्तिमा पनि ५ वर्षको अनुभव र उमेर २१ वर्षदेखि ४० वर्ष हुनुपर्नेछ ।
सर्भिस म्यानेजर पदका लागि १०० जना कर्मचारी आह्वान गरिएको छ । स्नातकोत्तर गरी सम्बन्धित क्षेत्रमा तीन वर्षको कार्यानुभव भएका १८ वर्षदेखि ३५ वर्ष उमेर समुहकाले यस पदमा एप्लाई गर्न सक्नेछन् ।
प्लस टु तथा व्याचलर सकेका तर अनुभव नभएकाहरुले मार्केटिङ, कस्टमर सर्भिस, हेल्प डेक्स लगायतमा एप्लाई गर्न सक्नृछन् । यी पदहरुमा लागि २०० जना कर्मचारी मागिएको छ ।
योग्यता पुगेका र इच्छुक उम्मेदवारले असार २० गतेसम्ममा आवदेन दिइसक्नुपर्नेछ । बैंकको वेबसाइटमा गएर अनलाइन आवदेन दिन सकिनेछ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपआज राति ९:४५ बजेदेखि डीभी खुल्दै
असोज १६, २०८१ बुधबार
प्रधानमन्त्री रोजगार कार्यक्रमः सडक ढलानमा स्थानीयलाई अवसर
असोज १०, २०८१ बिहिबार
चाँडै नै जापानको रोजगारीमा नेपाली श्रमिक पठाइन्छ: मन्त्री भण्डारी
असोज ४, २०८१ शुक्रबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
युवालाई विदेशिनबाट रोक्नका लागि साझा व्यवस्थापनको खाँचो छ: सभापति देउवा
मंसिर १२, २०८१ बुधबार
मन्त्रालयहरूको त्रैमासिक समीक्षा परिणाममूलक बनाउन प्रधानमन्त्रीको निर्देशन
मंसिर १२, २०८१ बुधबार
सुदूरपश्चिम रोयल्सको मेडिकल पार्टनरमा माया मेट्रो अस्पताल
मंसिर १२, २०८१ बुधबार
नेपाल स्वास्थ्य सम्मेलन आगामी पुसमा हुने
मंसिर १२, २०८१ बुधबार
अनलाइन जुवा र क्रिप्टोमा ५५ करोडको कारोबार गर्ने एकजना पक्राउ
मंसिर १२, २०८१ बुधबार
परराष्ट्रमन्त्री डा राणा चीनको औपचारिक भ्रमणमा जाँदै
मंसिर १२, २०८१ बुधबार