इन्सेफ्लाईटिस रोगका कारण विहारमा १ सय ६१ को मृत्यु
इन्द्र रिजाल
असार ६, २०७६ शनिबार १:४८:४०
एजेन्सी । भारतको विहार प्रदेशमा फैलिएको इन्सेफ्लाईटिस रोगका कारण मृत्यु हुनेहरुको संख्या १६१ पुगेको छ । राज्यद्धारा सञ्चालित रेडियो अल इन्डिया रेडियोले शुक्रबारसम्म मृत्यु हुनेको संख्या १६१ पुगेको जनाएको छ ।
मुजफ्फर जिल्लामा फैलिएको इन्सेफ्लाईटिसका कारण मृत्यु हुनेको सङ्ख्या बढ्दै गइरहेको अधिकारीहरुले जनाएका छन् । उनीहरुले प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मी, स्वयम्सेवक लगायतका विषेश सहयोगीहरू परिचालन गरिएको पनि जानकारी दिएका छन् ।
विहारका मुख्य मन्त्री नीतिशकुमारले पनि स्वास्थ्य मन्त्रालयका उच्च अधिकारीहरूसँग पटक पटक छलफल गर्दै रोग फैलिन नदिन र विरामीहरूको उपचारलाई प्रभावकारी बनाउन आवश्यक निर्देशनहरु दिएका छन् । रोग नियन्त्रणका लागि आवश्यक सवै कार्य गर्न र त्यसका लागि जुनसकै श्रोत साधन परिचालन गर्न पनि स्वास्थ्य विभाग, जिल्ला प्रशासन र चिकित्सकहरूलाई उनले निर्देशन दिदै आएका छन ।
मुख्यमन्त्री नितिशकुमारले इन्सेफ्लाईटिसबाट मृत्यु भएकाको परिवारलाई राहत स्वरुप चार लाख रुपैँया दिने घोषणा यसअघि नै गरेका थिए । टाउको दुख्ने, उच्च ज्वरो आउनेलगायतका लक्षण देखिने यो रोग सरुवा रोग भएकाले त्यसबाट बच्न र त्यस्ता लक्षण देखिँदासाथ नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न चिकित्सक र विभिन्न निकायहरूले आह्वान गरेका छन् ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपपेरुको मरुभूमिमा भेटियो एक करोड २० लाख वर्ष पुरानो गोहीको अवशेष
मंसिर १३, २०८१ बिहिबार
मिसाइल खतराका कारण युक्रेनमा देशव्यापी हवाई चेतावनी जारी
मंसिर १३, २०८१ बिहिबार
सत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी
मंसिर १२, २०८१ बुधबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
एमाले नेता सवार सरकारी गाडी स्थानीयको नियन्त्रणमा
मंसिर १३, २०८१ बिहिबार
स्टिकर छपाइ प्रकरणमा विकल र सफललाई ३ करोड ४२ लाख विगो र त्यति नै जरिवाना, ८ वर्ष कैद
मंसिर १३, २०८१ बिहिबार
विद्युत सट भई आगलागी हुँदा तीन घर जलेर नष्ट
मंसिर १३, २०८१ बिहिबार
फोनको क्यामेरा सफा गर्दा यी कुरामा ध्यान दिनुहोस्, नत्र क्षति हुन सक्छ !
मंसिर १३, २०८१ बिहिबार
फोरजीमा गुणस्तरहीन सेवा दिएपछि दूरसञ्चार प्राधिकरणले एनसेललाई तिरायो ५० हजार जरिवाना
मंसिर १३, २०८१ बिहिबार
वनमन्त्री ठकुरीसँग दक्षिण कोरियाका राजदूतको शिष्टाचार भेट
मंसिर १३, २०८१ बिहिबार